सरकारले क्लिन फिड कार्यान्वयन गरेपनि नेपाली टेलिभिजन,केबुल टेलिभिजन सञ्चालकद्वारा अबज्ञा (भिडियो सहित)

रोशन कार्की
काठमाडौं । सरकारले एक वर्ष अघि जारी गरेको क्लिन फिड ऐन लागु गरेको भएपनि अहिले सम्म सो ऐन पुर्णरुपमा नेपाली च्यानलहरुले कार्यान्वयन गरेको पाईएको छैन । सरकारले शुक्रबार राती १२ बजेबाट अधिकाशं च्यानलहरु बन्द भएपनि नेपाली च्यानलहरुले भने ऐन विपरित डविङ विज्ञापन बजाउदै आएका छन् ।  नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको सरकारले जनाएपनि अधिकाशं टेलिभिजन च्यानलहरुले कार्यान्वयन भने गरेका छैनन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको देखाउन केही च्यानलहरुले विदेशी च्यानल बन्द नै गरेको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ विदेशी टेलिभिजन च्यानल गत कात्तिक ७ गतेसम्म क्लिन फिड कार्यान्वयनमा आइसक्नु पर्ने थियो । टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् । फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द भएका छन् ।

पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’ मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल बन्द भएका छन् । भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बजिरहेको छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो । १२ वर्ष अघिदेखि चर्चा हुँदै आएको यो क्लिन फिड अहिले आएर आंशिक रुपमा कार्यान्वयन भएको छ । २०७३ मा कार्यान्वयन गर्ने तहमा पुगे पनि भारतीय च्यानल र केबल प्रदायकहरूको स्वार्थमा यो रोकिएकोे थियो । कानुनले ‘डबिङ’ गरिएका विज्ञापनहरु प्रतिस्थापन गर्न एक बर्षको समय दिए पनि उनीहरुले अटेर गर्दै शनिबार पनि भारतीय बहुराष्ट्रिय कम्पनीका विज्ञापन प्रसारण गरेका छन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कात्तिक ८ गतेबाट कार्यान्वयनमा आएरै छाड्ने जनाएपनि कानुन विपरित डविङ गरिएका विज्ञापन बजाउने नेपाली टेलिभिजनमाथी भने कुनै कारबाही गरेको छैन । मन्त्रालयकै निर्देशनलाई समेत केही नेपाली टेलिभिजनले बेवास्था गर्दै ‘डबिङ’ गरिएका विज्ञापन प्रसारण गर्दै आएका छन् ।

नेपालमा १ सय ३९ विदेशी च्यानल डाउनलिङ्कको अनुमतिपत्र लिएर प्रसारणमा छन् । तिनले विज्ञापन प्रसारण गरेबापत कुनै राजस्व तिर्दैनन् । स्वदेशी टेलिभिजन च्यानलबाट प्रसारण हुने विज्ञापनमा राजस्व तिर्नुपर्ने नियम छ । ‘क्लिन फिड’ लागू भएपछि बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमै गर्नुपर्ने बाध्यता रहन्छ । नेपालकै कलाकार, प्रविधि र प्राविधिक तथा स्रोत–साधनको प्रयोग हुनपर्ने व्यवस्था गरिएको छ । राष्ट्रियसभाबाट पारित विज्ञापन नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र यस विधेयकको दफा (१) मा यो लागू भएपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित ‘क्लिन फिड’ प्रसारण गर्नुपर्नेमा त्यो भने गर्न सकेन । नेपालमा ८७६ केबल प्रशारण गर्ने कम्पनीहरु, आईपीटिभी प्रशारण गर्ने ४ वटा, एमएसओ १२ र डिटिएच २ कम्पनीहरु अहिले नेपाली आकाश प्रयोग गरेर प्रशारणमा रहेका छन् । भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युजबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गर्दै आएका थिए । १२ वर्षअघि तत्कालिन नेपाल विज्ञापन संघका अध्यक्ष निर्मलराज पौडेलले क्लिन फिड नीतिको मुद्दा अघि सारेका थिए । त्यसपछि २०७३ साल कार्तिक ७ गते तत्कालीन मन्त्रीपरिषद्ले यो नीति अनुमोदन गरी २०७४ कार्तिकदेखि लागू गर्ने घोषणा गरेको थियो ।  (भिडियो साभारः प्राइम टिभी)