हायात रिजेन्सी होटलद्वारा जग्गा र सेयर विवाद :  हड्प्ने कार्यमा सरकारी कर्मचारीकै संलग्नता

- May 19, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पञ्चायतकालमा सरकारले बौद्धको ३०४ रोपनी सर्वसाधारण किसानको जग्गा अधिग्रहण गरेर नेपाल महिला संगठनलाई दिएको थियो । महिला तथा जनजातिको हित सम्बद्र्धन निम्ती तारागाउँ विकास समिति गठन गरेर सो जग्गाको जिम्मेवारी दिएको तत्कालिन रेकर्डबाट फेला परेको छ ।

२०४७ को जनआन्दोलनपछिको सरकारले उक्त जग्गामा होटल तथा सांस्कृतिक पर्यटकीय केन्द्र बनाउने भन्दै व्यवसायीहरू राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको डिजाइनमा तारागाउँ विकास समितिसँग संयुक्त लगानीमा होटल बनाएर सञ्चालन गर्ने सम्झौता गरेको भयो । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थापना भएसंगै यो होटल आज बहुराष्ट्रिय हायातको नामबाट सञ्चालित रहेको छ ।

जुन दिनदेखि सो होटल सञ्चालनमा आयो सोही दिनदेखि सरकारी जग्गा हड्प्ने योजना होटल सञ्चालकबाट हुदै आएको भेटिएको छ । सो अबैध कार्यमा सरकारी कर्मचारीकै संलग्नता रहेको समेत पुष्टी भैसकेपनि कारबाही भने कसैलाई गर्न सकेको छैन । यसैक्रममा तारागाउँ विकास समितिको कार्यकारी निर्देशक नारद लुईटेललाई नियुक्त गरेसंगै पुनः गरिन लागेको शेयर र सरकारी सम्पत्तीको छानविनमा सो होटलका सञ्चालकबाट अबरोध गर्दै आएको आरोप लागेको छ ।

ह्यात रिजेन्सी होटलका अरुण सर्राफ र आईसिटिसीका दिनेशलाल श्रेष्ठसंगै सुरेशलाल श्रेष्ठले लुईटेलका विरुद्धमा अदालतमा मुद्दा हालेर काम गर्नबाट समेत अबरोध पु¥याउदै आएको छ । सर्राफ र श्रेष्ठद्वयले समितिका अध्यक्ष प्रल्हाद न्यौपानेमार्फत मुद्दा हाल्न लगाएका उनीहरुले लुईटेलको काम गर्न रोक समेत लगाएको आरोप लागेको छ ।

समितिका कार्यकारी निर्देशकमा लुईटेल नियुक्त भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारी जग्गा र सेयर विवादमाथि छानविन गर्न समिति बनाएको पछि उनी विरुद्ध होटल लागेको प्रष्ट भएको छ । सरकारको २५ अर्बभन्दा बढी मूल्यको जग्गा फिर्ता गर्नुपर्ने प्रयासमा लागेको सरकारी प्रयासलाई रोक्न होटल सञ्चालक अहिले सवै हतकण्डा अपनाउदै आएको पाइएको छ ।

सरकारले गठन गरेको छानविन समितिलाई हायत रिजेन्सी होटलका सञ्चालक र उक्त होटलमा संलग्न व्यक्तिहरुले असहयोग गरिरहेका छन् । होटलको लेखापरीक्षण गरिरहेका विके अग्रवालले समेत सरकारी कार्यदललाई असहयोग गर्दैै आएको आरोप लागेको छ । कार्यदलले सोधपुछका लागि मन्त्रालयमा बोलाएलगत्तै अग्रवाल विरामी भएकोभन्दै देश बाहिर अर्थत कलकत्ता गएसंगै सो अबैध साँठगाँठ बाहिर आएको हो ।

पटकपटक सरकारले अग्रवाललाई बोलाएपछि मन्त्रालयमा आएका अग्रवालले छानविनमा सहयोग गर्न नसक्ने जवाफ दिदै सरकारी नियमलाई समेत चुनौती दिएपनि उनीमाथी सरकारले कुनै कारबाही गर्र्ने आँट गरेको छैन । अग्रवाललले होटलको लेखापरीक्षण दुईथरी गरेको समेत पाईएको छ ।

होटल सञ्चालकको योजना अनुसार सरकारलाई बुझाउनेमा घाटा भएको उल्लेख गरिएको छ भने होटलले अन्तर्राष्ट्रिय समुदायलाई देखाउने अर्कोथरी प्रतिवेदन बनाउदै आएको छ । त्यही क्रममा सरकारी सेयर घटाई ३९ प्रतिशतलाई ९ प्रतिशतमा ल्याउन देखाउने घाटाको प्रतिवेदन बनाउन यिनै अग्रवाल सकृय भएर लागेको आरोप समेत रहेको छ छ । हयात होटलवालले असहयोग गरेका कारण कार्यदलले प्रतिवेदन बनाउन सकेको छैन । अरुण सर्राफको गिरोहले अनेक चलखेल गरेर प्रतिवेदन तयार गर्न पनि रोकेर लुईटेललाई तारागाउँबाट हटाउने रणनीतिमा सक्रिय रहेको स्रोत बताएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV