काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । तेस्रोमा माओवादीको रहेको छ । प्राप्त विवरणअनुसार कांग्रेस र एमाले समान तीन ठाउँमा विजयी भएका छन् ।
दुई पालिकामा भने नकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । तीन पालिकामा विजयी भएको कांग्रेस ९५ पालिकामा अग्र स्थानमा छ । अग्रतामा कांग्रेसलाई पछ्याइरहेको एमाले ५२ पालिकामा अगाडि देखिएको छ । माओवादी ३० पालिकामा अगाडी छ भने नेकपा एकीकृत समाजवादी तीन पालिकामा अग्र स्थानमा छ ।
१० पालिकामा अन्य उम्मेदवारले अग्रता बनाएका छन् । उपप्रमुखमा कांग्रेस तीन पालिकामा विजयी भएको छ । एमाले दुई ठाउँमा विजयी भएको छ । समाजवादीका उम्मेदवार एक ठाउँमा विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसले अग्रतामा लिड गरेको छ । कांग्रेस ७७ स्थानमा अग्र स्थानमा छ । एमाले ६२ र माओवादी ४३ स्थानमा अग्र स्थानमा छ । समाजवादी भने ६ पालिकामा अगाडि छ ।
प्रतिक्रिया