काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो ।
त्यसक्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो । सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ । साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्याइएको छ ।
प्रतिक्रिया