३५ प्रतिशत मत खस्यो : मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने

- May 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उहाँले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV