मस्को : रुसको दक्षिणी र मध्य भागहरू युक्रेनको छिमेकी देशका ११ वटा विमानस्थलमा उडानको अस्थायी प्रतिबन्ध मे १९ गतेसम्म लम्ब्याइएको रुसको हवाई यातायातका लागि संघीय एजेन्सी (रोसाभिएट्सिया) ले बिहीबार जनाएको छ । “एघार रूसी एयरपोर्टहरूमा अस्थायी उडान प्रतिबन्धको व्यवस्थालाई १९ मे २०२२, मस्को समय [००:४५ जिएमटी] बिहान ३:४५ बजेसम्म विस्तार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिबन्ध अनापा, बेलगोरोड, ब्रयान्क्स्क, भोरोनेच, गेलेन्द्चिक, क्रास्नोडार, कुर्स्क, लिपेट्स्क लगायातका शहरहरूका एयरपोर्टहरूमा लागू हुनेछ। रूसी एयरलाइन्सहरूलाई सोची, भोल्गोग्राड, मिनरल्नी भोडी, स्टाभरोपोल र मस्कोको एयरपोर्टहरू प्रयोग गरेर वैकल्पिक मार्गहरूमा यात्रुहरूको यातायात व्यवस्थित गर्न सिफारिस गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएपछि रोसाभियात्सियाले फेब्रुअरी २४ मा प्रतिबन्धहरू लागू गरेको थियो । -रासस
प्रतिक्रिया