हिमालय एयरलाइन्सद्वारा शैक्षिक सामग्री वितरण

- May 11, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई वर्षभरीको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको छ । सन् २०१७ देखि हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको प्रयास नेपाल एक गैरसरकारी, गैरनाफामूलक र सामाजिक संस्था भएको जनाउदै सो सहयोग गरेको बताइएको छ ।

विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजा/नास्ता, खाद्यान्नहरूका साथै कोभिड–१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्दै आएको जनाएको छ। सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

प्रयास नेपालले २६ जना बालबालिकाको रेखदेख गरिरहेको छ । बालबालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले जनाएको छ । यी बालबालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत गरेको र जसमध्ये कतिपय थप अध्ययनका लागि विदेश समेत गएको एयरलाइन्सले जनाएको छ ।

बालबालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान–प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो। यसक्रममा हिमालय एयरलाइन्सका जहाजका अनुभवी चालकदलले बालबालिकासँग अन्तर्क्रिरया गरेको बताइएको छ ।

शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर, क्यालकुलेटर, जोमेक्ट्री बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु समेटिएको बताइएको छ । प्रयास नेपालको १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी प्रयास नेपालका सम्पूर्ण टोली र बालबालिकाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं,’ एयरलाइन्सको तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन् ।

सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष मणी जोशीले आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तीनले बाल–बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताइन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV