जुत्ताचप्पल मेला : वार्षिक १६ करोड जोर जुत्ताको माग, ६ करोडमात्र उत्पादन

- May 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली जुत्ताचप्पल उत्पादनको बारेमा ग्राहकलाई जानकारी दिनुका साथै नेपाली उत्पादन उत्कृष्ट रहेको छ भनेर चिनाउने उदेश्यका साथ सुरु गरेको जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला बैसाख १५ गतेदेखि भृकुटीमण्डपमा जारी रहेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा भएको सो मेलामा ३ करोडको व्यापार गर्ने लक्ष्य राख्दै नयाँ उत्पादनका जुत्ताचप्पलपनि बिक्रीमा राखिएको छ ।

सो मेलाका संयोजक सुरज बन्जाडेका अनुसार अहिलेसम्म राम्रो कारोबार भइरहेको बताए । उनका अनुसार नेपाली उत्पादनको प्रवद्र्धन गर्न आयोजित यस मेलामा आएका ग्राहकहरूले सबै मोडल र फेसनअनुसारका जुत्ता चप्पलको खोजी गरेको र खरिद गर्न अनेत्र भौतारीन समेन पर्ने भएकाले मेलामा उपभोक्ताहरुको राम्रो सहभागीता रहेको बताए ।

उनका अनुसार बीचमा एसोसियसनको सहकार्यविना विदेशी जुत्ता चप्पल व्यापारीहरूले समेत मेला राख्न थालेको बताउदै अब भने यस संस्थामा आबद्ध भएकाहरुले नेपाली उत्पादनकामात्र जुत्ताचप्पल रहेने बताए । त्यस समयमा हुने मेलामा स्वदेशी, विदेशी जुत्ताहरूका बाह्रै महिना मेला लाग्ने गरेको थिउो ।

बाह्रै महिना मेला भएपछि ग्राहकको विश्वास घट्न थालेपछि एसोसियसनकै पहलमा त्यस्ता मेला बन्द गरिएको बताइएको छ । त्यसपछि वर्षमा एक पटक महोत्सव र एक पटक व्यापार मेला गरी दुई पटक मात्र मेला लाग्ने गरेको संयोजक बञ्जाडेले बताए । दुई पटकको मेलामा धेरैभन्दा धेरै नेपाली कम्पनीहरूले आफ्ना कम्पनीको प्रवद्र्धन गर्न पाएका व्यवसायीहरुको भनाई रहेको छ ।

मेलामा शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज, नमस्ते फुटवेयर, बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, टाकुरालगायतको सहभागिता छ । स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट शुज, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुज गरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ ।

नेपालमा १८५० भन्दा बढी जुत्ताचप्पल उद्योग दर्ता रहेका छन् । दर्ता भएका मध्ये १५ सय उद्योग सञ्चालनमा रहेको एशोसियसनले जनाएको छ । यी उद्योगका वार्षिक उत्पादन क्षमता १६ करोड जोर जुत्ता रहेको दाबी गरिएको छ । नेपालमा अहिले ६ करोड मात्र उत्पादन भइरहेको एशोसियसनको भनाई रहेको छ । नेपालमा वार्षिक १० करोड जोर जुत्ताको माग रहेको एशोसियसनले जनाएको छ ।

नेपालमा सञ्चालित जुत्ताचप्पल उद्योगमध्ये १४० उद्योग एशोसियसनमा आवद्ध छन् । आवद्धमध्ये १९ उद्योगले यसपालिको महोत्सवमा सहभागी जनाएका छन् । नेपाली बजारमा स्वदेशी जुत्ताको इतिहास विसं २०२२ सालबाट सुरु भएको हो । २०२२ सालमा सरकारले पहिलोपटक बाँसबारी छाला जुत्ता कारखाना स्थापना गरेदेखिबाट जुत्ताको उद्योग सञ्चालनमा आएको बताइन्छ ।

उक्त कारखाना चीन सरकारको सहयोगमा स्थापना भएको थियो । २०४० सालपछि नेपालदेखि निजी लगानीमा जुत्ता उत्पादन सुरु भएको मानिन्छ । जेठ ८ गते सम्म चल्ने मेलामा ७० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV