इच्छाराज तामाङको सीटीसी मल लिलामी

- May 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिभिल सहकारीका संचालक इच्छाराज तामाङलगायत एक समुहले सहकारीमा बचत गरेको करोडौ रुपैयाँ अपचलन गरेपछि सो रकम भुक्तानीकालागि सुन्धारामा रहेको सिभिल मलको लिलामी प्रकृया अगाडी बढाइएको छ । सिभिल स्टेट्स्को नामबाट लिएको २१ करोड रुपैयाँ नतिरेपछि सञ्चय कोषले लिलामीको सूचना निकालेको हो ।

कोषले यसअघि ३५ दिने सूचना निकालेर सावाँ ब्याज तिर्न भनेको थियो । कोषले कुल रकमको १० प्रतिशत रकम धरौटी वापत जम्मा गर्नु पर्ने जनाएको छ । मलभित्रका १३२ वटा युनिट (पसल) को मूल्यांकन ८० करोड रुपैयाँको हाराहारीमा भएको कोषको भनाइ छ । तामाङले कोषको २० करोड ९७ लाख ५४ हजार रुपैयाँ ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मलभित्रका १३२ वटा पसल बिक्री गर्न लागेको हो ।

कर्मचारी संचय कोषले सीटीसी मल लिलाम गर्ने पुनः ३५ दिने सूचना निकालेको हो । कोषले सोमबार सीटीसी मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्नको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारा स्थिति कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्स्को नाममा रहेको पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV