तीव्रखबर (छिटो खबरको एउटै विकल्प)
काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा समावेश ‘कौवा करायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कौवालाई नेपाली समाजमा संदेश बाहक पन्छीका रुपमा मानिन्छ। यहि पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतमा रमेश दाहालको शब्द रहेको छ । गीतमा अस्ट्रेलियामा रहेका लोकप्रिय संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् । गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ । भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ( काउली बुढी ) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन् । हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ। केशब राज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
भिडियो लिंक:
https://youtu.be/vOyZ_lfDHRg
तीव्रखबर (छिटो खबरको एउटै विकल्प)
प्रतिक्रिया