काठमाडौं । बजारमा अखाद्य, मिसावटयुक्त एवं अस्वस्थ खाद्य पदार्थहरु उत्पादन तथा बिक्री बितरण भई रहेको सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चले सरकारी नियमन निकाय तथा सम्बन्धीत पक्षलाई पटक पटक लिखित रुपमा जानकारी गराउदै आएपनि सो सम्बन्धमा कुनै कार्यान्वयन नभएको जनाएको छ ।
सो मञ्चले खुला रुपमा अखाद्य बस्तुको बिक्री वितरण हुदै आएको र सो अबैध कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कारबाहीको माग राख्दै पुनः पत्र सरकारी निकायमा दर्ता गराएको छ । मञ्चका अनुसार बजारमा त्यस्ता अखाद्य, मिसावटयुक्त, गुणस्तरहिन एवं म्याद नाघेका सडेगलेका खाद्य पदार्थहरु बजारमा आई नै रहेको र उपभोक्ताहरु झुक्यानमा परी त्यस्ता अखाद्य पदार्थहरु उपभोग गरी रहेको पाइएकोमा तत्का सो कार्या नियन्त्रण गर्न माग गरेको छ ।
मञ्चमा प्राप्त गुनासोको आधारमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक बजार अनुगमन तथा अनुसन्धानको लागी २०७८ साउन २९ गते गरेको निवेदनको आधारमा बिभागले गरेको बजार अनुगमनको क्रममा दुगड स्पाइसेज एण्ड फुड इण्डष्ट्रिज प्रालि बिराटनगर, मोरंङले उत्पादन गरेको सेन्चुरी मसला खाद्य गुणस्तरको परिधि भित्र नपरेको कुरा परिक्षणको आधारमा पुष्टि भएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले २०७८ चैत २ को निर्णय अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ‘ख’ बमोजिम हदैसम्मको कारवाही गर्दै रकम ३ लाख रुपैयाँ जरिवाना गरिएको भएपनि सो कारबाहीबाट अबैध धन्दा नरोकिने समेत मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताएका छन् ।
सोही आधारमा यस मञ्चले खाद्य गुणस्तर सम्बन्धी नियमन निकायको रुपमा रहेको खाद्य प्रबिधि तथा गुणस्तर बिभागलाई २०७८ बैसाख ४ गते आवश्यक कारवाहीको लागी माग गरी सकेको र कारवाहीको क्रममा रहेकाले अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डष्ट्रिज प्रालि बिराटनगर, मोरंङबाट उत्पादन हुने सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।
प्रतिक्रिया