राजश्व घटाउने बढाउनेको चिन्ता व्यवसायीले लिने हैन : अर्थमन्त्री शर्मा

- May 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुलाई राजश्व घटाउने वा बढाउने विषयमा चिन्ता नलिन आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले राजश्व घटाउने बढाउने या अरु के गर्ने भन्ने विषयमा आफैले निर्णय गर्ने भएकाले यस विषयमा धेरै रोइकराई गरि रहनु नपर्ने बताएका हुन ।

सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताए उनले भने,‘राजश्वको विषयमा नीजि क्षेत्रले चिन्ता लिएर घटाउन दवाव दिनुभन्दा पनि देशमा लगानी गर्ने विषयसंगै आर्थिक विकासमा ध्यान दिनु ।’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन ।

अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए । ३/४ वटा योजनामा वैदेशिक लगानी आउन लागेको बताउदै स्वदेशी उद्योगमा पनि लागनी गर्न नीजि क्षेत्रलाई आग्रह गरे । खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताए ।

बाँझो जमिन राख्नै नहुने भन्दै उनले उत्पादनमा सरकारले जोड दिने बताए । उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जानकारी उनले गराए । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न सरकार तयार रहेको बताए । स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ । खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV