श्रमको समस्या समधान गर्न सवैको सहयोग आबश्यक : गोल्छा

- May 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात ‘मे दिवस’ को अवसरमा शुभ–कामना दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना महामारीको संक्रमण पछि उद्योग व्यवसाय संचालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको शुभकामना दिनेक्रममा सो बताएका छन् ।

उनले कामको पुनः संरचना, सीप विकास आधुनिक प्रविधिको वढदो प्रयोगसंगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चूनौती थपिएको समेत जनाएका छन् । कोरोना खोप लगाउन शुरू भए पछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्र्दभमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको उनले बताएका छन् ।

उनले भने,‘हामी रोजगारदाता र ट्रेड यूनियन बीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान हुनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दै आएका छौ, असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।’

वितेको २ वर्ष यताको अवधिमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गंभिर रूपमा प्रभावित भएको हामी सवै सामू स्पष्टनै रहेको महासंघका अध्यक्ष गोल्छाले बताएका छन् । संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढनु पर्ने चूनौती हाम्रो सामू रहेको उनले उल्लेख गरेका छन् ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधिले गतिलिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता वढेको छ । यस्तो स्थितिमा उद्योग व्यवसायको संचालन र रोजगारी प्रभावित हुने हुंदा आउने चूनौतीको सामना गर्न हामी वीच थप समझदारी र सहकार्यको लागि अपिल गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV