काठमाडौं । सरकारी निकाय अन्र्तरगत दर्ता नै नगरि सञ्चालनमा रहेको ‘नासा ईन्भेष्टमेन्ट प्रालि’ नामक संस्थालाई नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ । बोर्डले दर्ता र अनुमति विना आफुखुशी सञ्चालनमा रहेको सो सस्थाको सेवा तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
कम्पनीले बोर्डको अनुमति नलिई धितोपत्र व्यवसाय सम्बन्धी कार्य गरेकोले उक्त कार्य बन्द गर्न पत्राचार गरेको बोर्डले जनाएको छ । बोर्डले भृकुटीचौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रालिले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता (टीएमएस) को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी प्राप्त जानकारीको भएकोमा उक्त कम्पनीलाई उक्त कार्यहरु बन्द गरी बार्डमा जानकारी गराउन निर्देशन दिएको छ ।
बोर्डले प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने समेत उल्लेख गरेको छ ।
प्रचलित धितोपत्रसम्बन्धी कानुनबमोजिम ती कार्यहरु सेबोनबाट अनुमतिपत्र लिएरमात्र सञ्चालन गर्न पाइन्छ। ती कार्य सेबोनबाट अनुमतिपत्र प्राप्त नगरी गरेको खण्डमा गैरकानुनी हुने र धितोपत्रसम्बन्धी ऐनबमोजिम कारबाही हुने सेबोनले चेतावनी पनि दिएको छ। यो कम्पनीले सेयर बजारमा काका उपनामले चिनिने केशव कोइरालालाई लगेर २०७८ साउन १५ गते विराटनगरस्थित कार्यालयसमेत उद्घाटन गरेको थियो।
कम्पनी स्थानीय जनप्रतिनिधिदेखि लिएर बजार अन्य ठूला लगानीकर्ताहरुलाई प्रयोग गैरकानुनी रुपमा सेयर बजारसम्बन्धी गतिविधिहरु सञ्चालन गर्दै आएको छ। यो प्रकरणले सेयर बजारका जानकार हौँ भन्ने मान्छेहरु पनि नबुझी कसरी गैरकानुनी धन्दाको सहजकर्ता र इन्फ्लुएन्सर भइरहेका छन् भन्ने देखिन्छ। हजारौँ सोझा लगानीकर्ताले फलो गर्ने बजारका व्यक्तिहरुको गतिविधिप्रति आँखा चिम्लिएर समर्थन गर्नुहुन्न भन्ने गतिलो पाठ पनि यो प्रकरणले लगानीकर्तालाई सिकाएको हुनुपर्छ।
प्रतिक्रिया