–रोशनी बुढा
कुनै पनि देशको विकास हुन त्यस देशको राजनीति नेतृत्व ठीक हुनु पर्दछ । राजनैतिक नेतृत्व ठीक भए पछि सबै देशका संरचना ठीक हुन्छ । अझ अहिले २१ औं शताब्दी पुँजीबाद र पुँजीको शताब्दी हो । पुँजी विकास गर्न राष्ट्रिय उद्योग विकास हुन जरुरी छ ।
राष्ट्रिय उद्योग विकास भयो भने कुनै बस्तुहरु आयात गर्नु पर्ने अवस्था हुँदैन, २०४६ साल यता आफ्नो देशको राष्ट्रिय उद्योग हेटौंडा कपडा उद्योग, बाँसबारी छाला उद्योग, हिमाल सिमेन्ट उद्योग, वीरगञ्ज चिनी उद्योग लगायत हिजो बनाएको उद्योगलाई राजनैतिक परिवर्तनको नाममा उद्योगधन्दा बहुराष्ट्रिय कम्पनी दिदाको परिणाम आज छाताको टुप्पीदेखि जुत्ताको पिनसम्म विदेशबाट आयात गर्ने काम भएको छ । ‘नेपालको धन हरियो वन’ विदेशबाट झ्याल, ढोका, फर्निचर, सोफा आदी आयात गरिरहेका छौं ।
कृषि प्रधान देश, तरकारी र मललागयत अन्य सामाग्रीहरु भारत, चीन, बंगलादेशबाट आयात गरिदै आएको छ । साधारण लगाउने कपडा, मेकअपदेखि औषधीसम्मका बस्तु विदेशबाट ल्याउने कार्यमा तीव्ररुपमा बढेको छ । यस्तो हिमाल, पहाड र तराई मिलेको देश कृषि जन्य पदार्थ पनि विदेशबाट ल्याउने अनि देश कसरी आत्मनिर्भर हुन्छ ? देशको सबैभन्दा ठूलो शक्ति म्यानपावर विदेशमा कुल्ली, कवाडी, मजदुर सस्तो मूल्यमा म्यानपावर बेच्ने आदि थुप्रै कारणले गर्दा देश उद्योग गतिमा गई रहेको वर्तमान अवस्थालाई नियाल्नु जरुरी छ ।
माथि उल्लेखित विषयबस्तुलाई केलाएर हर्ने हो भने यसको दोष कसलाई दिने भन्ने तिर जानु पर्दछ । १०४ वर्ष जहाँनीया राणा शासनको दोष अनि ३० वर्षे पञ्चायती एक तन्त्रिय शासनको दोष र २०४६ यता बहुदलिय प्रणाली (व्यवस्था) मा राजनीति गर्नेहरुको स्वार्थ र आर्थिक लोभका लागि जनता र देशलाई वेवास्ता गर्दै नीजि स्वार्थकालागि राजनितिक र राज्य संरचना पद्धतिमा देखिएका व्यापारिककरण, भष्ट्रिकरण, अपराधिकरण र विदेशी शक्तिको भरौटे भएपछि कसरी मुलुक बन्छ ?
नितीशास्त्र र राजनिती उच्चतम भनिन्छ तर, हाम्रो देशमा राजनिति गर्ने नेतृत्वहरु भष्ट्र र वाह्यशक्तिका गुलाम वा दलाल भए पछि कसरी यो पवित्र भूमी नरक बन्न पुग्यो भन्ने विषय नै गम्भीर रुपमा उठान गर्नु पर्ने अबस्थामा पुगेको छ । यहाँनेर मुलभूत विषय राजनैतिक नेतृत्व मात्रै दोषी छैनन् ।
राज्य भनेको कर्मचारी तन्त्र हो, त्यस भूमीमा बस्ने सबै नागरिक हुन् । नेता कुनै लोकबाट आउने होइन, यहि भूमी र नेपाली जनताको सन्तान नै हो । तर नागरिकहरुले मेरो देश प्रतिको मेरो कर्तव्य र काम एवंम् मैले गर्ने जिम्मेवार के हो बुझ्नु मात्रै होइन सो अनुरुप काम गर्नु पर्दछ ।
आफ्नो देश, नगर, टोलमा कहाँ के भयो त्यसको निगरानी गर्नु जरुरी छ । यसको लागि राम्रो दूरदृष्टि भएको राजनितिज्ञलाई चुन्नु पर्छ । यसमा पनि उनीहरुको वायोडाटा के कस्तो हेर्नु पर्दछ । यसर्थ अहिले मुलुकको अवस्था गम्भीर मोड, संकट एवंम ओरालो तिर ढकेलिएको छ । अहिले मुलुकको हरेक क्षेत्रमा संकटग्रष्ट हुनु सिद्धान्त हिनता, नीतिहिनता, नैतिकहिनता, चरित्रहिनता, राजनीति नेतृत्व जिम्मेवार कर्मचारीतन्त्र एवंम् अगुवा भन्ने मलाई लागेको छ ।
अहिले स्थानिय चुनावको संघारमा मुलुक गइरहेको छ । आजसम्म बनेको राजनैतिक दल र सो का नेतृत्वहरुले आ–आफ्नो नीति कार्यक्रम र अहिलेसम्म गरेका काम र जनतालाई दिएका प्रतिवद्धता कति पुरा भए र भोलि गर्ने कामको विषय लिएर जनता बीच जानुपर्ने, खै जनतालाई आफ्नो हिजोको प्रतिबद्धता र भालिकोको कार्ययोजना र सधैं झुटको खेती वाहेक अरु कुनै धरातलिय यथार्थ अनुरुपको कुनै खास एजेण्डा छैन । मुलुक अहिले ८० प्रतिशत वेतिथीमा गइसकेको छ ।
वाह्यशक्ति राष्ट्रको कोलो लाइजेशनमा छ । नेपाल यसको उदाहरण एमसिसि, विआरआई र जल प्रोजेक्ट, नेपालको भविष्यमा प्रश्न चिन्ह खडा गर्ने छ । मैले माथि नै उल्लेख गरेकी छु । कोभिडले आर्थिक संसार तहसनहस बनाएको छ । तर विश्वका तेस्रो मुलुक जहाँ भष्ट्राचार, विकृति, विसंगति एवंम सुशासनको अभाव र जनता नजागेको अवस्थामा व्यापक भष्ट्राचार, अनुत्पादक खर्च, गलत आार्थिक निती आदीले गर्दा आज हाम्रो देशको आर्थिक गम्भीर संकटमा छ ।
यी हुनु भनको देश असफलता हुनु हो । प्राकृतिक, धार्मिक, साँस्कृतिक विविधता बोकेको हिमालको देशमा गलत राजनैतिक नेतृत्व, भष्ट्र माथिल्लो कर्मचारीतन्त्रले गर्दा स्वर्गभूमी नेपाल नरक बनेको छ । अब जग बलियो भयो भने घर बलियो हुन्छ । जग भनेको गाउँ, टोल, नगर हो । अब स्थानिय चुनावमा राम्रो जनप्रतिनिधीलाई सहयोग गर्दा गाउँ, टोल, नगर हुँदै देश बनाउँछ । समयमै विचार पु¥याऊ, अर्काको कुरा काटेर हुँदैन, नागरिकको कर्तव्य पु¥याऊ । जय होस् ।
प्रतिक्रिया