काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ९ लाख ३० हजार ४ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६६७ पुगेको छ ।
प्रतिक्रिया