बिभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ

- January 25, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ कनहवास्थित सीमा ईलाकाबाट माघ १ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १ बस्ने २५ वर्षिय अन्जित खत्री छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एक्जिप्लोन ३ बोतल, स्पास्मो ट्याब्लेट १२ वटा, निट्राभेट ट्याब्लेट ६० वटा, डाईजेपाम ३ बोतल, नोफिन ३ बोतल र फेनारगन ३ बोतल फेला पारेको हो । पक्राउ परेका खत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद –

बाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ परसपुर ईलाकाबाट माघ ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाडाकुडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले माघ १० गते करीव ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रजनिगन्धासहित ज ७ प ५९१५ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । भारतबाट अवैध रुपले उक्त मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको सो रजनिगन्धा सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटसरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार मुल्य करीव १ लाख रुपैयाँ रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV