मिडियालाई सतोसराप गरेको बतासले किन दियो धन्यबाद

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दुईदिन अघिसम्म सार्वजनिक रुपमा मिडियालाई बर्गिय दुस्मन झै मानेर सतोसराप गर्दै विज्ञप्ति प्रकाशन गरेको बतास अर्गनाईजेशनले एकाएक मिडियालाई धन्उबाद दिदै फेरी अर्को विज्ञप्ति जारी गरेको छ । सो समुहको एक साताभित्र प्रकाशन गरेको दुई वटा विज्ञप्तिबाटै प्रष्ट हुन आएको छ, विरुद्धमा लेख्दा पानी बराबरा गर्ने र वर्गिय दुस्मन झै गरि कारबाही हुनुपर्ने माग राख्ने र समर्थन गरेर समाचर आएमा धन्यबाद दिदै आफ्नो अबैधधन्दाको ढाकछोप समेत गर्न पुगेको छ ।

बतासले पठाएको विज्ञप्तिमा भनेको छ,‘लक्षित सुनियोजित आक्रमणको सारथि बनेको भनेर हामीले नेपालका आम सञ्चार मध्यम प्रति गरेको गुनासो प्रति सञ्चार माध्यमले देखाएको सदा सहयताको लागि हामी आभारी छौँ, हाम्रो ७ बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले गरेको सहयोग प्रति कृतज्ञता व्यक्तगर्न यो धन्यवाद पत्र तयार गरिएको हो ।’ उक्ता विज्ञप्तिमा सो समुहका अध्यक्ष आन्नदराज बतासले हस्ताक्षर गरेर धन्यबाद दिएको छ ।

बतासले दिएको धन्यबादको पुर्ण पाठ अध्ययन गर्न यहाँ क्लिक गर्नुहोला Thank you letter

उसको विज्ञाप्तिमा अगाडी लेखेको छ,‘हामीले आफ्ना तर्फबाट हामीलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षण भरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको छ, यो सत्यको पुर्नस्थापनामा आम सञ्चार माध्यमले पु¥याएको योगदान हाम्रा लागी अपार छ, तपाई वास्तविक सञ्चारकर्मीहरूको यो सहयोग प्रति बतास अर्गनाईजेशन सदैव ऋणी रहने छ ।’

बतास प्रति लागेको आरोपका सम्बन्धमा पटकपटक सम्र्पक गर्न उसको सम्र्पक नम्बर खोजी गर्दा समेत अर्धभुमीगत रुपमा बस्दै सरकारी जग्गा अतिक्रमण गरी व्यक्तीगत रुपमा कारोबार गर्दै आएको समुह हो । अर्धभुमीगत रुपमा बसेर आम सञ्चारक्षेत्रसंग लुक्दै भाग्दै आएको सो समुह अहिले भने सार्वजनिक भएको छ ।

र यो पनि…

बतास समुहले दियो सरकारलाई चुनौती : सबै सम्झौता खारेज गरेर देखाउनु [विज्ञप्ति]

नारायणहिटी संग्राहालयमा बतास छिरेपछि…


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV