नेपाल चेम्वरद्वारा अफगानिस्तानलाई सहयोगार्थ रकम हस्तान्तरण

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ २० लाख रुपैयाँ मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई अवसर प्रदान गरि दिएकोमा मन्त्रीलाई आभार व्यक्तसमेत गरेका छन् । मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा धन्यबाद ज्ञापन गरेको चेम्बर अध्यक्ष मल्लले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV