चीनमा २.९२ अर्ब भन्दा बढी खोप दिइयो

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेइजिङ : चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ । –रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV