अफगानिस्तानमा खुल्यो एटीएम सेवा

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काबुल : तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो ।
अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरूबन्द भएका थिए । “दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ,” विज्ञप्तिमा भनिएको छ, “एटीएमहरू पुन: सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ ।” जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् । यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ ।
नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् । -रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV