चीनभित्रै सङ्क्रमित बढ्न थाले

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेइजिङ : चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ ।

महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । उता बिहीबार पनि यहाँका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना सङ्क्रमितहरु भेटिएका अधिकारीहरुले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएका अधिकारीहरुले जनाएका छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरुमा पनि सङ्क्रमितहरु पाइएको हो । चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ । –रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV