सिरियाको राजनीति बारे छलफल

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वाशिंगटन [अमेरिका] : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरूले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाउँनुभएको छ ।

“विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल-प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गर्नुभयो,” प्राइसले बिहीबार उल्लेख गर्नुभएको छ। कूटनीतिज्ञहरूले जोर्डनको आर्थिक बृद्धि र अवसरलाई विस्तार गर्ने, पानीमा पहुँच सुरक्षित गर्ने सुधारहरू गर्ने आवश्यकताबारे पनि छलफल गरेको जनाइएको छ । मङ्गलबार जोर्डनका प्रधानमन्त्री बिशेर अल खसावनेहले अम्मोन न्यूजसँगको अन्तर्वार्तामा आफ्नो देशले सिरियाली सरकारसँग मेलमिलापका लागि छलफल गर्न गोप्य च्यानलहरू खोलेको अस्वीकार गर्नुभएको थियो । -रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV