चौधरी ग्रुपलाई बैंकको सेयर किन्न अदालतले लगायो रोक

- January 13, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले चौधरी ग्रुपलाई बैंकको शेयर बिक्री नगर्न आदेश दिएको छ । चौधरी ग्रुपले गैरकानुनी रुपमा नेपालबाट विदेश पैसा लगी ढाकाको आईएफआईसी बैंकको सेयर खरिद गर्न लागेसंगै शेयर खरिद बिक्रीमा विवाद भएपछि अदालतले सो आदेश दिएको हो ।

विश्वको धनीको हुँकार गर्दै आएका नेपाली काँग्रेसको तर्फबाट समानुपातिक साँसद समेत रहेका बिनोद चौधरीले गैरकानुनी रुपमा बैंकको शेयर बिक्री गर्न लागेपछि विवादमा तानिएको हो । उनलाई नेपाल बङ्गलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद बिक्री प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

चौधरी ग्रुपलाई बैंकको सेयर नबेच्च अदालतको आदेश

अदालतको आदेशपछि नेपाल बङ्गलादेश बैंकको ४१ प्रतिशत सेयर बिक्री रोकिएको छ । आईएफआईसी बैंक ४१ प्रतिशत सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुस २७ गते आदेश दिँदै सेयर बिक्री गर्ने कार्य नगर्न नगराउन भनेको छ ।

अदालतले ७ दिनभित्रमा नेपाल बङ्गलादेश बैंकलाई लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ । आईएफआईसी बैंकले ४१ प्रतिशत सेयर ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौता गरेको थियो । बङ्गलादेश बैंकको प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गर्न सहमति समेत भएको थियो ।

६ अर्ब रुपैयाँ दुगडले सेयर किन्न लागेका थिए । दुगडले किन्न लागेको आइएफआइसीको ६ अर्ब रुपैयाँको प्रमोटर सेयर चौधरी समूहले लिन खोजेको थियो । भने दुगड समुहले पनि गैरकानुनी रुपमा नेपालबाट पैसा बिदेश लगेर सो शेयर खरिद गर्न लागेको हो ।

उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानूसार पेश गर्नू आदेशमा भनिएको छ । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सेयर खरिदका लागि एनबी समूहका तर्फबाट आवेदन परेको थियो। उनीहरु सेयर खरिद गर्न योग्य नभएको राष्ट्र बैंकले भनेपछि बाहिरको पक्षलाई बिक्री गर्ने योजना अगाडि बढेको थियो। त्यही योजना अनुसार, आइएफआइसीले आफ्नो सम्पूर्ण सेयर दुगडले नेतृत्व गर्ने समूहलाई बिक्री गर्न गत अप्रिल २ तारिखका दिनमा औपचारिक सम्झौता नै भएको थियो।

दुगडसँग पाँच/सात जनाको समूह छ, उनीहरुले ७/८ प्रतिशतका दरले सेयर उठाउने गरी आन्तरिक सम्झौता गरेका थिए। यो समूहले प्रतिकित्ता १ सय ५७ रुपैयाँमा सेयर किन्ने सम्झौता गरेको थियो। यो सम्झौताको कपी दुगड समूहले राष्ट्र बैंक र अर्थमन्त्रालयमा समेत बुझाएका थिए।

सम्झौताको ७ महिनासम्म आइएफआइसी दुगडको निरन्तर सम्पर्कमा थियो। तर पछिल्लो दुई महिनादेखि आइएफआइसीले दुगडसँग सम्पर्क गर्न छाडेको थियो। त्यति मात्रै होइन दुगड समूहले सम्पर्क स्थापित गर्न खोज्दा पनि उनीहरुले बेवास्ता गरे।

यो बेवास्तासँगै चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता भएको सूचनासँगै दुगड समूह एग्रेसिभ भएको थियो। दुगड समूहभित्र शंकर समूह र गोल्छा समूह पनि छ। सेयर किनबेचका विषयमा चौधरी समूह र दुगड समूहबीच इगोकै लडाइँ समेत भएको थियो। त्यही इगोका कारण यो मुद्दा अदालतसम्म पुगेको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV