भक्तपुर फुटबल क्लवको भौतिक संरचना गोर्खा इको प्यानलले बनाई दिने

- January 12, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि (गोर्खा इको प्यानलको उत्पादनकर्ता) र भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भक्तपुरको फुटबलको विकासमा सहकार्य गर्नुका साथै एक अर्का वीचमा सहयोग आदान प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा गोर्खा इको प्यानलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र भक्तपुर एफसीको तर्फबाट अध्यक्ष राम प्रजापतिले हस्ताक्षर गरेका छन् । गोर्खा इको प्यानलले भक्तपुरको लिवालिमा रहेको भक्तपुर फुटबल क्लबको भौतिक संरचनागत विकासमा सहयोग गर्ने सम्झौता भएको छ । त्यस अनुसार फुटबल क्लवमा विभिन्न भौतिक संरचना निर्माणमा इको प्यानलले सहयोग गर्ने भएको हो ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँं निर्माण सामाग्री हो । गोर्खा इको प्यानल र भक्तपुर फुटवल क्लबबीच यस अघिदेखि नै सहकार्य हुँंदै आएको छ । समय र आवश्यकता अनुसार यस अघि दुई पक्षवीच सहकार्य हुँंदै आएकोमा अव आधिकारिक रुपमै एकमुष्ट एकवर्षका लागि सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

गोर्खा इको प्यालनका सीईओ कवांले भक्तपुरकै कम्पनी रहेको र भक्तपुरको फुटबलको विकासमा एउटा भए पनि इटा थप्ने मनसायका साथ समझदारी पत्रमा हस्ताक्षर गरेको जनाए । आफूहरुको सानो सहयोगले पनि भक्तपुरको फुटबलको विकासमा थोरै भए पनि योगदान हुने विश्वास उनले लिए । समझदारी पत्रको समयसिमा एक वर्षको रहने जनाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै