एफम्यानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा संस्थाको २२ औं वार्षिकोत्सवको अवसरपारी व्यावसाय, समाज र सामाजिक उत्तरदायित्व भन्ने नाराकासाथ आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।

 बढ्दै गईरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपुर्ती सहज होस भनि मंगलबार रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताएका छन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए ।

संघका पुर्वअध्यक्ष, सल्लाहकार, एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको सो सस्थाले जनाएको छ । कोरोना संक्रमणको तेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै भौतिकदुरी कायम गर्दै रक्तदान गरिएको थियोे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV