त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रबेशमा रोक (पत्र सहित)

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थल जानेहरुलाई रोक लगाएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएकाले भिडभाड नगर्न विमानस्थल कार्यालयले अनुरोध गर्दै सो रोक लगाएको जनाएको छ । यसअघि पटकपटक अनुरोध गर्दा पनि भीडभाड नरोकिएकाले फेरि अपील गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थल कार्यालयले ‘अति जरुरी  बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थलमा नआई दिन’ अनुरोध गरेको हो। यसले हवाई यात्रुको आवागमनको चाप र विमानस्थलमा स्थान सिमितताका कारण भीडभाड बढ्ने जनाइएको छ।

विमानस्थल कार्यालयले भ्रमण अनुमति दिने कार्य समेत बन्द गरेको जनाएको छ। विमानस्थल कार्यालयले भनेको छ, ‘कोभिड-१९ को जोखिम समेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नगराइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’ जारी पत्रमा भनिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV