आयातमा नियन्त्रण हैन व्यवस्थित गर्न चेम्बरको माग

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयतलाई नियन्त्रण गर्न भन्दापनि व्यवस्थित गर्ने नीति ल्याउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन २०७८ बारे सुझाव दिने क्रममा चेम्बर पदाधिकारीले गर्भनर महाप्रसाद अधिकारी ज्ञापनपत्र बुझाउदै निर्यात प्रर्वद्धन गर्ने नीति ल्याउन आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धन हुन नसक्दा व्यापार घाटा उच्च भएको बताएउदै आयत नियन्त्रण सम्वन्धमा राष्ट्र बैंकले केही समय पहिले जारी गरेको परिपत्रले व्यापारीहरू मर्कामा परेको बताएका छन् । एलसी खोल्दा शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले परम्परागत प्रकृतिका व्यवसायलाई समस्या भएको र बैंक वित्तीय संस्थालाई मात्रै फाईदा पुग्ने खालको भएकाले व्यवहारिक पाटो बुझिदिन पनि मल्लले आग्रह गरे ।

निर्यात सम्भावना भएका बस्तुहरूको पहिचान प्रर्वद्धन गर्ने विषयमा सोच्नुपर्ने मल्ले बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तरलता समस्या देखाएर उद्योगी व्यापारीलाई दुख दिन थालेको चेम्बर पदाधिकारीले गर्भनर अधिकारीसँग गुनासो गरेका छन् । बैंक वित्तिय संस्थाले विभिन्न शीर्षक तथा वेस रेटमै बढी ब्याज असुल्न थालेको उनीहरूको गुनासो थियो ।

अर्थतन्त्रका अधिकांश सूचकहरू अहिले नकारात्मक रहेको अवस्थामा राष्ट्र बैंकले समयमै उपयुक्त व्यवस्था गर्न नसके अर्थतन्त्र जोखिमको बाटोमा जान सक्ने भन्दै अध्यक्ष मल्लले गर्भनर अधिकारीको ध्यानकर्षण गराएका छन् । गर्भनर अधिकारीले अर्थतन्त्र जोखिमको अवस्थामा पुगिनसकेको बताएका छन् ।

मुलुकको अर्थतन्त्रमा केहीमहिना अझै सर्तक भने हुनुपर्ने गर्भनर अधिकारीले बताए । अधिल्लो वर्षको तुलनामा आयात ३ खर्ब रुपैयाँले बढ्दा पनि बजारमा तरलतामा चाप परेको गर्भनर अधिकारीको भनाइ छ । अघिल्लो वर्षको पाँच महिनामा ५ खर्ब रुपैयाँको आयत हुँदा सोही समयमा अहिले आठ खर्ब रुपैयाँ हाराहारीमा आयात भएकाले तरलतामा चाप परेको गर्भनर अधिकारीले बताए ।

मुलुकको अर्थतन्त्रलाई जोगाउन केन्द्रीय बैंकले विभिन्न नीतिगत व्यवस्था गरिरहेको भन्दै गर्भनर अधिकारीले निजी क्षेत्रपनि जिम्मेवार हुनुपर्ने बेला आएको बताए । वित्तीय प्रणालीमै चुनौती खडा हुन सक्ने प्रति राष्ट्र बैंक सर्तक रहेको गर्भनर अधिकारीको भनाइ छ । चेम्बरले चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७८ सम्वन्धमा राष्ट्र बैंकलाई १६ बुँदे सुझाव दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV