निर्माण व्यवसायीको अधिबेशन फागुन अन्तिम साता

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औ साधारण सभा एंब १२ औ अधिवेशन आगामी फागुनको २७ र २८ गते काठमाडौंमा गरिने भएको छ । महासंघको सो अधिबेशनबाट नयाँ कार्य समिति समेत चयन हुने छ । मंगलबार बसेको महासंघको बैठकले फागुनको अन्तिम साता अधिबेशन गर्ने निर्णय गरेको हो ।

सोही बैंठकले गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष एवं महासंघका पदेन विशिष्ट सदस्य टंकराज बराललाई समेत सपथ ग्रहण गराएको छ । समितिहरुको विभिन्न मितिमा बसेको बैठकका निर्णयहरु जानकारी एवं अनुमोदन समेत गरेको महासंघका केन्द्रीय सदस्य मंगलबहादुर शाहीले बताएका छन् ।

सदस्य शाहीका अनुसार गत मंसिर ३ गते बसेको प्राविधिक परामर्श समितिको बैठकको निर्णयहरु जानकारी एवं अनुमोदन समेत गरेको । गत पुस २० गते बसेको प्रचारप्रसार समितिको बैठकको निर्णयहरुपनि अनुमोदन गरिनुका साथै पुस २७ गते बसेको पदपूर्ति समितिको बैठकको निर्णयमा समेत छलफल तथा जनाकारी गराइएको सदस्य शाहीले बताए ।

सो बैंठकमा महासंघले पठाएको बिमा समितिसंगको ज्ञापन–पत्र, धरौटी रकम फिर्ता लगायत सार्वजनिक खरिद नियमावली संशोधन, आयकर, मुल्यअभिबृद्धि कर (भ्याट) मा लाग्ने ब्याज, जरिवाना, हर्जाना र थप दस्तुर मिनाहा गराउनेमा पनि छलफल भएको उनले जनाए । महासंघको दहचोकको जग्गामा परेको बाटो विवादको समधानका बारेमा पनि बैंठकमा छलफल गरिएको छ । महासंघको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परिक्षकको प्रतिवेदनका सम्बन्धमा पनि छलफल भएको सदस्य शाहीले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV