त्रिबेणी ग्रुपको ‘सगरमाथा’ ब्राण्डको सिमेन्ट गुणस्तरहिन

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । त्रिबेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सिमेन्ट गुणस्तहिन भएको भन्दै ४ वर्ष अघिनै कारबाहीकालागि सरकारी निकायबाट पत्र पठाएको भएपनि हालसम्म सो उद्योगमाथी कुनै कारबाही हुन सकेको छैन ।

घोराहीको गोग्ली स्थित घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट उत्पादन गुणस्तरहिन भएको भन्दै २०७५ जेठ ३१ घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित ‘सगरमाथा’ ब्राण्डको ओपिसि सिमेन्ट गुणस्तरहिन भएको गुणस्तर तथा नाप तौल विभागले पुष्टी गरेको थियो । सोही गुणस्तर परीक्षणपछि प्राप्त परीक्षण प्रतिवेदनका अनुसार बर्दिया जिल्ला प्रशासनले पत्र पठाई कारबाही गर्न निर्देशन दिइको भएपनि हालसम्म सो उद्योगमाथी कुनै प्रकारको कारबाही नभएको सोही उद्योगका एक कर्मचारीले बताएका छन् ।

गुणस्तर अनुरुप नभएको हुँदा उक्त उद्योगलाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको त्यहाँको प्रशासनले जानकारी दिएको थियो । पत्र सख्या २०७५/२०७६ रहेको जिल्ला प्रशासन कार्यालय वर्दियाको सो पत्रमा सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको उल्लेख गरीएको थियो ।

यसरी गुणस्तहिन भएको सो कम्पनीबाट उत्पादन हुदै आएको सिमेन्ट अहिले विना रोकवट बिक्री हुदै आएको छ । सो कम्पनी एकातर्फ गुणस्तहिन उत्पादन गर्दै आएको छ भने अर्कोतर्फ कर छली देखि चुन ढुंगा चोरी समेत गर्दै आएको कम्पनी हो । सो कम्पनीले अर्कै उद्योगको स्वमित्वमा रहेको चुनढुंगा चोरी गरि गुणस्तहिन सिमेन्ट उत्पादन गरेको आरोप समेत लागेको छ ।

घोराही उपमहानगरपालिका–४ मा सञ्चालित पुरुषोत्तमलाल संघाईको घोराही सिमेन्ट उद्योगले लामो समयदेखि रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा बाटो बनाउने नाममा खानीबाट कच्चा पदार्थ उत्खनन् गरी अवैध रूपमा चोरी निकासी गर्दै आएको आरोप लागेको छ ।

१० हजार टिपर चुनढुंगा रोल्पाको खानीबाट घोराहीले चोरी गरेको आरोप लागेको छ । चोरेको कच्चा पदार्थबाट उद्योगले सगरमाथा र सगरमाथा गोल्डको नाममा अहिले बजारमा सिमेन्ट बेचिरहेको छ । उद्योगले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भएको र वातावरणीय प्रभाव न्यूनीकरणका लागि समेत काम नगरेको ठहर गर्दै यसअघि पनि पटक–पटक कारबाहीको निर्णय भएको थियो ।

उद्योगका सञ्चालक पुरूषोत्तमलाल संघाईले उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका नेता र कार्याकर्ताका साथै स्थानीय प्रशासन र खानी विभागलाई प्रभावमा पारी गलत कामलाई निरन्तरता दिइरहेको आरोप समेत लागेको छ । चोरी कार्यमा संलग्न संघाईलाई बलियो राजनीतिक संरक्षण भएको बताइन्छ । चनुढुंगाको चोरीमा घोराहीले पुन कन्स्ट्रक्सन प्रालिको प्रयोग गर्दै आएको समेत आरोप लागको छ ।

घोराही सिमेन्टको चोरी रोक्नका लागि रोल्पाको त्रिवेणी गाउँपालिकाले पटक–पटक पत्र लेखेर चेतावनी दिए पनि त्यसको उल्लंघन गर्दै आएको छ । घोराहीले करोडौँ राजस्व छली गर्दै आएको छ । तर, उसले राजनीतिक र पैसाको प्रभावमा आफ्नो कर्तुत छोप्दै आएको छ । उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै २०७५ साउन १६ गते बिक्री बितरण रोक्न अर्को पत्र समेत पठाएको थियो ।

घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योग विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको थियो । स्थानीयबासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित २१ जनाले सयुक्त रुपमा हालेको मुद्दामा उद्योगको प्रदुर्षण रोक्न वा उद्योग मानव बस्ति भन्दा बाहिर सार्न माग गर्दै दायर गरेएको थियो ।

उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनीले स्थानीयको जीवनमा निकै नकारात्मक प्रभाव पारेको भन्दै २०७७ मा परमादेश मागसहित सिमेन्ट उद्योग विरुद्ध रिट निवेदन दायर गरेका थिए । रिटमा मानव बस्ति बीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरहरुमा सिमेन्ट मात्रै जम्मा हुने गरेको, ध्वनी प्रदुषणले रातमा सुत्न मुस्किल परेको भन्दै सम्मान पूर्वक बाँच्न पाउनु पर्ने माग दाबी उनीहरुले गरेका थिए ।

दाङमा हाल घोराहीमा सगरमाथा, तुलसीपुरमा सोना र लमहीमा सम्राट सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । यी तीन मध्य सबै भन्दा ठूलो सिमेन्ट उद्योग सगरमाथा हो । त्रिवेणी समुह र विशाल समुहको संयुक्त लगानीमा सञ्चालित सो उद्योगले विद्यमान ऐनलाई समेत लत्याउदै आएको आरो िसमेत लागेको छ ।

त्रिवेणी समुहका अध्यक्ष पुरषोत्तमलाल संघाई हुन् भने उनी नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट तर्फका उपाध्यक्ष रामचन्द्र संघाईका जेठा दाई हुन् । त्यस्तै विशाल समुहका अध्यक्ष जगदिशप्रसाद अग्रवाल हुन् । यो दुई समुहले विभिन्न व्यावसायमा साझेदारी गरेका छन् ।

यो पनि अध्ययन गर्न छुट्यो की ?

होङ्सी सिमेन्ट गुणस्तहिन प्रमाणित : कारबाही गर्न नापतौल विभागबाट सिफारीस (पत्रसहित)

तीव्रखबर समाचार प्रभाव : शिवम् सिमेन्टमाथि कारवाही

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तहिन भएपछि बिक्री वितरण गर्न रोक

शिवम् सिमेन्टः पाँच किलोको लोभमा उपभोक्ता, गुणस्तरहिन सिमेन्टले कमसल निर्माण

शिभम् सिमेन्ट प्रयोगमा सावधान ! गुणस्तरहिन उत्पादन भएको फेला

जगदम्बा कम्पनीका फलामे रड हातैले भाँचियोः सरकारी निकायबाट वेवास्था


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV