युनियन हाउसद्वारा २ रोपनी सरकारी जग्गा कब्जा : सरकारी निकाय मौन

- January 10, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राइम व्यूरो
काठमाडौं । दलिय सम्बन्धकै कारण देशभर रहेका सरकारी जग्गालाई व्यक्तीगत रुपमा गैरकानुनी तबरबाट भोगचलन गरी कव्जामा पार्दै आएको पाइएको छ । यसैक्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारकै पुर्विय गेटको विपरित दिशा तर्फको ५० मिटरमा रहेको सरकारी जग्गालाई ‘युनियन हाउस’ नाम गरेको महल बनाएर सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइएको छ ।

युनियन हाउस नामक रेष्टुरेन्टमा सरकारी, गैरसरकारी तथा विभिन्न कार्यक्रम हुदै आएको छ । यही युनियन हाउसले सरकारी जग्ग कब्जा गरेर पार्किङ गर्दा समेत सरकारी निकायबाट कुनै कारबाही अगाडी बढाइएको छैन । विगद लामो समयदेखि अनामनगरको सो जग्गा सो हाउसले नियन्त्रणमा लिई व्यक्तीगत रुपमा प्रयोग गर्दै आएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्व प्रवक्ता समेत रहेका र स्रोत खुलाउन नसकेपछि अबैध सम्पत्तिको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका शान्ताराम पोखरेलको स्वामित्वमा रहेको उक्त घरमा गोरखाका मनोजराज पाण्डेले १० वर्षे सम्झौता गरि सो रेष्टुरेन्ट चलाउदै आएका छन् । युनियन हाउसले २ रोपनी सरकारी जग्गा कब्जा गरेर पार्कीङ गर्दैै आएको छ ।

केही वर्षअघि देखि स्थानिय करुणकेश्वर युवा क्लबले प्रयोग गर्दै आएको उक्त जग्गा भित्र क्लबको सानो भवन रहेको छ । भने सो क्लबले समेत सरकारी जग्गा अतिक्रमण गरी भबन बनाएको हो । अहिले क्लवको भनिएको भवनमा युनियन हाउसमा आउने ग्राहकले अबैधधन्दा गर्ने अखडाको रुपमा रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

राजनीतिक शक्तिको आडमा पाण्डे र पोखरेलले सरकारी जग्गा आफ्नो रेस्टुरेन्टको पर्किङ क्षेत्रका रुपमा प्रयोग हुदाँ पनि सो बारे सम्बन्धित सरकारी निकायबाट कारबाही नभएको स्थानिय बासिको आरोप रहेको छ । सरकारी जग्गामा युनियन हाउसले पार्किङ स्थल भने लेखेरै जग्गा कब्जा गरेको छ ।

सो कार्यमा महानगरपालिकाकै कर्मचारी र जनप्रतिनिधिको संलग्नता रहेको आरोप स्थानीय बासिन्दाको रहेको छ । काठमाडौं महानगरपालिकामा रहँदा वातावरण विभागको प्रमुख भएका पोखरेलले करोडौँ रकम हिनामिना गरेको आरोप समेत उनीमाथी लागेको थियो । २०१० मा अमेरिका गएका बेला पोखरेलले महानगरपालिकाबाटै ७२ हजार ११ रुपैयाँ भत्ता बुझेको प्रकरण बाहिर आएपछि उनीबाट उक्त रकम फिर्ता समेत गरिएको थियो ।

अख्तियारले छानबीनका क्रममा अकूत आर्जन गर्नेहरूमा पहिलो नम्बरमा परेका शान्ताराम पोखरेलमाथी खासै कारबाही भने हुन सकेको छैन । उनी महानगरपालिकामा मेयर केशव स्थापितका पालादेखि नै अबैध सम्पत्ती संकलन गर्ने कार्यमा लागेको आरोप समेत लागेको थियो । शान्तारामले आफ्ना भाइहरूका नाममा ठेक्कापट्टाको ब्यवसाय दर्ता गराएर महानगरपालिकाका करोडौंका काम सार्वजनिक खरिद ऐनलाई छल्दै टुक्रा गर्दै दिने गरेको चर्चा हुने गरेको थियो ।

सार्वजनिक खरिद ऐनले ५ लाख रुपैयाँ भन्दा बढीको काम टेण्डर प्रक्रियाबाट दिनुपर्ने व्यवस्था गरेको छ । तर, शान्तारामले बजेटलाई सानो सानो रकममा छुट्टाएर विनाटेण्डर कोटेसनकै भरमा आफु निकट व्यक्तीलाई ठेक्का दिदै कमिशन असुली गर्ने गरेको आरोप महानगरपालिकाकै कर्मचारीहरुले बताएका छन् ।

उनले सो अबैधधन्दालाई चलाउनकालागि आफ्नै भाइका नाममा कम्पनी दर्ता गरी काम दिई चरम भ्रष्टाचार गर्दैआएको आएपछि उनलाई अख्तियारले छानबीन गरेको थियो । धनकुटा स्थायी घर भएका शान्ताराम पोखरेलले नगरकोटमा समेत रिसोर्ट चलाउदै आएका छन् । काठमाडौं महानगरपालिका ३२ नम्बर वडामा रहेको युनियन हाउसले समेत २ रोपनी जग्गा कब्जा गरि भोकचलन गर्दै आएका छन् । सो सम्बन्धमा थप विवरणको खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV