सहकारी पत्रकारको अध्यक्षमा काजी चयन

- January 8, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा तुलसीराम सुवेदी, सचिवमा अर्जुन खतिवडा, सह सचिवमा भेषराज बेलवासे र कोषाध्यक्षमा प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुधा देवकोटा रसन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्न बाँकी रहेको छ ।

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।

मन्त्री श्रेष्ठले भनिन्,‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्य बिहिन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ ।’ सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्दत भएको तर्फ इंकित गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन् ।

सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनु पर्ने बताइन् । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थालेपनि सहकारी अभियन्ताहरु उक्त सन्दर्भ ब्याजदरलाई समय सापेक्षा अब कम्तिमा पनि २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV