मेयर श्रेष्ठको यस्तो हर्कत : अवैध खानीसंगको मिलेमतो, पक्राउ परेकालाई पनि उन्मुक्ति

- January 7, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अवैध रकम कमाउन स्थानिय जनप्रतिनिधीहरु कतिसम्मको हर्कत गर्छन भन्ने कुरा पछिल्लो समय एक नगरपालिकाका मेयरसहितको समूहले गरेको हर्कतबाट नै पुष्टि भएको छ ।

काठमाडौं जिल्लाकै उत्तरीपूर्वी शंखरापुर नगरपालिका यतिबेला दर्जनौं अवैध बालुवाखानी र ढुंगाखानी संचालनमा रहको नगरपालिकाका रुपमा चिनिएको छ । यसैक्रममा सोही नगरपालिकाको वडा नं. १ मा अवैध रुपमा संचालनमा रहेको ढुंगाखानीबाट निकालिएको ढुंगा बोकेका गाडी प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएपछि नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको मिलेमतोमा विना कारवाही छोडेको समेत भेटिएको छ । नाङ्लेभारे प्रहरी चौकीले गत साता ‘अवैध ढुंगा बोकी बिल विजक विनाको बा.३ख ३२३५ बा.४ख ५४३०, बा.४ख १०८९, बा.४ख ७५८३, बा.५ख १७८८, बा.५ख ३२२५ नम्बरको टिपर प्रहरीले नियन्त्रण गरि बौद्ध प्रहरी बृत्तमा पठाएको’ सो चौकी इन्चार्ज सञ्जय स्याङ्बोले बताएका थिए ।

बौद्ध प्रहरीले ति नम्बरका गाडीमाथि छानविन गर्दा कुनैपनि आधिकारीक कागजपत्र नभएको ढुंगा बोक्ने अनुमती पत्र पनि नभएको भ्याट बिल पनि नकाटिएको भेटिएपछि आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको प्रहरी नायव निरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका थिए । डिएसपी न्यौपानेले भने – ‘जिल्ला समन्वय समितिले ती गाडी र संचालकमाथि आवश्यक कारवाही गर्नु भनि सम्बन्धित नगरपालिकालाई पत्र पठाएपछि नगरपालिकाले हामीलाई कारवाही गर्न उचित नदेखिएको व्यहोराको पत्र पठाएपछि हामीले बाध्य भएर गाडी छोडिदियौं । कारवाही गर्ने निकाय नगरपालिका हो, हाम्रो काम समन्वय गरिदिने मात्र हो । नगरपालिकाले पत्र पठाएपछि केही गर्नै मिल्दैन् ।’

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले केही दिन अगाडि तीव्रखबरसंग कुरा गर्दा सो ढुंगाखानी अवैध भएको र पटक पटक बन्द गर्नलाई पत्र दिँदा पनि बन्द नभएपछि प्रशासनलाई नियन्त्रण गर्न गरेको बताएका थिए । सोही आग्रह अनुसार प्रहरीले गाडी समाएर कारवाहीका लागि पठाएपछि भने कुनै कारवाही गर्न नपर्ने व्यहोराको पत्र पठाएसंगै उक्त ढुंगाखानी संचालकबाट कमिशन लिँदै आएको प्रष्ट भएको नगरपालिकाका एक कर्मचारीले उल्लेख गरे । स्थानिय बासिन्दाले भने – ‘मेयर श्रेष्ठ मिडियासंग बोल्दा त्यो क्षेत्रमा सबै खानी अवैध रहेको भन्दै आउने, कारवाहीपनि नगर्ने र भित्रभित्रै लाखौं रुपैयाँ कमिशन लिँदै अवैध धन्दालाई प्रश्रय दिँदै आएका छन् ।’ गाडी छोडेपछि मेयर श्रेष्ठलाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् । यसैबाट पुष्टि हुन्छ, की मेयर श्रेष्ठ अवैध ढुंगा र बालुवा खानीसंग भित्रि साँठगाठमा नै तल्लिन छन् ।

सो नगरपालिकाको वडा नं. १ स्थापना गर्न लागेको मोक्क्षत्र वहुउद्देशिय कृषी फर्मको नाममा अवैध ढुंगाखानी संचालन गर्दे आएका बलराम खनालले सम्याउने नाममा नियमविपरित ढुंगा निकाली विना अनुमती ढुंगा उत्खनन् गर्दै विक्री गर्दे आएका छन् । सो सम्बन्धमा सम्पर्क गर्दा ठाकुर खनाल नाम गरेका व्यक्तिले भन्छन् – ‘तपाईहरुले मेयर श्रेष्ठको लगानीमा रहेको दर्जनौं ठाउँको बालुवाखानी चाँही देख्नु हुन्न, मेरो कृषि फर्म बनाउन लागेको र त्यहाँबाट निस्किएको ढुंगा घाटा खाएर बेचेको मात्र देख्ने ? मिडिया भनेको सबैको साझा हो नी, मेयरलाई किन बचाउने, मलाई चाँही किन पेल्ने ?’ उनले अगाडि भने –’ मेयरले कुनै कारवाही गर्न नपर्ने भनी छोडेको गाडीलाई पनि तपाईहरुले मेयरलाई फोन गरेर सोधेपछि छोडिसकेको गाडीको पनि राजश्व बुझाउन भोलीपल्ट ताकेता गरेर अशुली गर्यो, ७२ हजार तिर्न बाध्य भए ।’

नाङ्लेभारे प्रहरीले नियन्त्रणमा लिएका अवैत्र ढुंगा खानीका गाडीहरु यहि गाडीहरुलाई कारवाही गर्न नपर्नेभन्दै मेयर श्रेष्ठले उन्मुक्ति दिएका हुन्

काठमाडौं जिल्लामा खानी संचालन गर्न नपाइने विद्यमान कानुनलाई लत्याएर २ वटा वालुखा खानीलाई स्वीकृत दिएका मेयर श्रेष्ठले अन्य दर्जनौ खानीमा मिलेमतो रहेको खुलासा भएको छ । उनको र सो क्षेत्रमा भएका अवैध वालुवा एवं ढुंगाखानी र प्रहरी प्रशासनको कृयाकलापलाई तीव्रखबर क्राइम व्यूरोले निरन्तर निगरानी जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंमै खनालको अवैध ढुंगाखानी : प्रहरी प्रशासनको मिलेमतोको आरोप

http://www.tibrakhabar.com/?p=210958


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV