दुगड ग्रुपको सेटिङमा पोस्तादानाको नाममा ‘अफिम’ आयात

- January 5, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीको विश्वाशिलो व्यापारी तथा पुर्वमन्त्री मोती दुगड्को सेटिङमा खुलेआम अफिमको बियाँ आयात भैरहेको पाइएको छ । भ्रष्टाचारले बदनामको उपादी समेत पाएका ओली सरकारले गरेका थप अनियमितता प्रकरण बाहिर आउने क्रममा विवादीत व्यवसायी दुगडले मिठाईमा प्रयोग गर्नका लागि भनेर ‘पोस्तादाना’ भनेर ‘अफिमको बियाँ’ अबैधरुपमा तस्करी भइरहेको छ ।

कोरोना महामारीको समयमा ओली सरकारले मल खरिदमा समेत भ्रष्टाचार गरेको पुष्टि गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसंगै सो अफिमको बियाँ आयात गर्न दिएको समेत खुलेको छ । अफिमको बियाँ तस्करीका लागि ओली सरकारले अनुमति दिएको पुष्टि भएको छ । ओलीका आर्थिक सल्लाहकार समेत रहेका विवादास्पद व्यापारी दुगडको सेटिङमा व्यापारीलाई अफिमको बियाँ आयात गर्ने अनुमति दिइएको पाइएको छ ।

व्यापारी तथा पुर्वमन्त्री मोती दुगड

जुन पोस्तादाना हाल नेपाल आयात भएको छ । सो पोस्तादानाको नाममा अफिमको बियाँ आयात हुदै आएको छ । र सो पोस्तादानाको नाममा नेपाल आयात गरेको लाखौं किलोग्राम अफिमको बियाँ नेपालबाट भारत निर्यात हुदै आएको छ ।

त्यस्तो बियाँ उम्रन थालेपछि यसमा प्रहरीले समेत चासो दिएर छानबिन थालेको थियो । यस्तो पोस्तादाना नउम्रने गरी रिफाइन गरेर मात्र कारोबार गर्न पाइन्छ । तर, ओली सरकारकै सहयोगमा उम्रने किसिमको पोस्तादानाकै तस्करी भइरहेको प्रमाणित भएपछि भन्सार विभागले त्यसमा हाल अनुमति रोकेको छ ।

दुगडको सेटिङमा वीरगंजका व्यवसायी तेजकरण जैन सञ्चालक रहेको कुबेर एक्जिमको नाममा ७ कन्टेनर र उनकै अर्काे कम्पनी धनलक्ष्मी फुडको नामबाट ६ कन्टेनर गरी कुल १३ कन्टेनर अफिम बियाँ वीरगञ्ज भन्सार नाकाबाट २ लाख ३८ हजार केजी नेपाल भित्राई सकेको छ । सो पोस्तादाना टर्कीबाट नेपाल आयात गरिएको पाइएको छ । ‘मव सिड’ भनेर यसलाई छुटाउने चलखेल भन्सारमा भै रहेको छ । धनलक्ष्मी फूडले ‘मव सिड’ भनेर आयात गरेको दुई कन्टेनर र कुबेर एक्जिमले आयात गरेको चार कन्टेनर जाँचपास भइ नेपाल भित्रिसकेको छ ।

यसैगरी, झापाका व्यापारी प्रदीप मित्तलले समेत तस्करी धन्दाको मुख्य व्यक्तीका रुपमा रहेका छन् । उनले तत्कालीन ओलीका आर्थिक सल्लाहकारलाई घुस खुवाई दुई हजार टन पोस्तादाना आयातको अनुमति लिएको आरोप समेत लागेको छ । जुन कोटा अन्य व्यापारीलाई बिक्री गरेर तस्करी हुदै आएको छ । यसमा तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टसमेतको मिलेमतो रहेको आरोप स्रोतको रहेको छ । यसरी उम्रिएको पोस्तादाना ओसारपसार गर्न दिएमा अन्तर्राष्ट्रिय निकायबाटै नेपालमा प्रश्न उठेको छ ।

त्यहीकारण ओली र भट्टलाई हात लिएका व्यापारीहरु अहिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रभाव पार्ने प्रयासमा लविङ गर्दै आएका छन् । उत्पादनकर्ता मुलुकले सिडको प्रजनन क्षमता नष्ट गरेर मात्र अन्य मुलुकमा निर्यात गर्नु संयुक्त राष्ट्रसंघ अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गतको इन्टरनेसनल नार्काेटिक्स कन्ट्रोल बोर्डको प्रावधान छ । तर नेपालका व्यापारीले भने त्यसविपरीत नेपालमा आयात गरि रहेका छन् । नेपालमा ल्याएर भारत पठाउँदा करोडौं नाफा हुने भएकाले सो अबैधधन्दाको साँठगाँठ भने पुर्वमन्त्री तथा दुगड ग्रुपका मोती दुगडले मिलाएका हुन ।

यसमा दुगुना गढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुबेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनी लगायत कम्पनीले सेटिङका आधारमा पोस्तादाना आयातको अनुमति लिएका छन र यिनीहरुले नै अफिममो बियाँ आयात गर्दै आएको आरोप समेत लागेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार प्रजनन क्षमतायुक्त सिड नेपाल ल्याउन पाइँदैन । वनस्पति विभागमातहतको प्रयोगशालामा गरिएको परीक्षणमा पप्पी सिड प्रजनन क्षमतायुक्त रहेको पुष्टि भएको हो ।

अस्वाभाविक तवरले नेपालमा पप्पी सिड भित्रिन थालेपछि लागुऔषध नियन्त्रण ब्युरोले आयातमध्येबाट नमुना छनोट गरी परीक्षण गर्न विभाग पठाएको थियो । विभागले परीक्षणका लागि नमुना सिडमातहतको गोदावरीस्थित राष्ट्रिय हर्बेरियम वनस्पति प्रयोगशालामा पठाएको थियो । नमुना लिइएकामध्ये ९० प्रतिशत सिडमा प्रजनन क्षमता भएको प्रयोगशालाले देखाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइएनसिबीको स्वीकृति विनै गत आवमा दुई हजार मेट्रिक टन पप्पी सिड टर्कीबाट नेपालमा आयात गर्न स्वीकृति दिएको थियो ।

स्वीकृतिपछि गत साउनयता मात्रै नेपालमा एक लाख ६३ हजार पाँच सय किलो सिड भित्रिसकेको जनाएको छ । यसका लागि १२ करोड २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । बाँकी सिड भने आउने क्रममा छ । मन्त्रालयमातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार नेपालमा सिड ल्याउन दुगुना गढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुबेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनीले सो बियाँ आयात गर्दै आएका छन् । आयातीत सबै सिड झापा र विराटनगरमा स्टोर गरी राखिएका छन् ।

पुर्वमन्त्री मोती दुगडलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

प्रधानमन्त्रीका विश्वासपात्र मोती दुगडले बढाए दैनिक तेलको मुल्य

दुगडको सहयोगमा अग्रवालले गर्दै गुणस्तहिन नुनको कारोबार

चोरी धन्दामा सक्रिय दुगड ग्रुप : नुनदेखि खाद्यबस्तुसम्म नक्कली

दुगड समुहको अबैधधन्दाः दुई अर्बमा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारको गिद्धे नजर

महामारीको मौका छोप्दै दुगड ग्रुप : तेलमा ठगी गरेको भन्दै ६ वर्षदेखिको पक्राउ पुर्जी अलपत्र


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV