थप ३०८ सङ्क्रमित, ३ को मृत्यु

- November 25, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV