चितवनमा उच्च सुरक्षा अलट : एआईजीबाट सुरक्षा जाँच गरिने

- November 25, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । एमालेको चितवनमा भोलि शुक्रबारदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण उच्च सुरक्षा व्यवस्थापन गरिएको छ । चितवनमा हुन लागेको एमालेको अधिबेशनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षककै कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन पुगेका छन् ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनी चितवन पुगेका छन् । एमालेका अध्यक्ष केपी ओलीलगायत स्थायी कमिटीका नेताहरू पनि आज नै चितवन पुग्दै छन् । महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १ हजार ४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV