थप ३५१ सङ्क्रमित, ९ को मृत्यु

- November 23, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । पछिल्लो २४ घण्टामा २७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ८ लाख ८९० जना निको भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकामा १४४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV