अस्मिता र आर्यनको स्वरमा ‘सितल जुन’  सार्वजनिक ( भिडियो )

- November 23, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । मायालु जोडीहरुको एक अर्का प्रतिको बिश्वास र समर्पणलाई समेटेर लेखिएको ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार  प्रलाद शाहको  यस गीतमा शब्द रहेको छ । गीतमा युवा पुस्ताकि चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ।  गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  होप इन्टरनेशनलले  प्रायोजन गरेको  भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो लिंक: https://youtu.be/ij6YD7H3lN4 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV