बिदेशिन बाध्य युवाको कथा : निङसाङ पोक्लछ [भिडियो सहित]

- November 23, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गीत संगै बिदेशमा बस्ने नेपालीहरु संग पनि भावनात्मक सम्बन्ध जोडन गायक संगम लिम्बु सफल भएका छन् | गायक संगमको अनुसार आफुले गाएको चर्चित गीतहरु जस्तै यो पनि उत्कृस्ट गीत लाग्ने गरेकोले गीतको भावना अनुसार म्युजिक भिडियो उत्कृस्ट बनाउन निर्देशक र कोरियोग्राफि संग बिशेष छलफल पश्यात मात्र भिडियो निर्माण गरेको कुरा सुनाउछन |

सागर सुब्बा द्धारा निर्देशन गरिएको म्युजिक भिडीयो मा इशिका लिम्बु बिशाल सेनेहाङ संगम लिम्बु गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ | संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता टोलीङ निमार्ण नियन्त्रक राजेश मगरले गरेका हुन् |

गायक संगम लिम्बुले निङसाङ पोक्लछ लिम्बु गीत र भिडियोले लिम्बु गीत संगीतको बजार लाइ उकास्ने बिश्वास ब्यक्त गरेका छन् |आगामी दिनमा पनि लिम्बु गीत गायन लाइ निरन्तरता दिने प्रतिबद्धता जनाउदै सबैको साथ् र सहयोगको अपेक्षा गरेका छन् |

भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV