भरतपुरको विकास देखेर इष्र्या लाग्यो : मन्त्री शर्मा

- November 23, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका क्षेत्रमा सबैले इष्र्या गर्न लायक विकास भएको बताए । चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधार लगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इष्र्या जागेको बताए । उनले भने,‘यो इष्र्या भनेको सकारात्मक इष्र्या हो, देशभर सवैले सिक्न लायक विकास हो, यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूणर्ता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV