नेटवर्किङ व्यवसायीबाट यसरी गर्छ उपभोक्तामाथी लुट

- November 21, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेटवर्किङ व्यवसायबाट लाखौ सर्वसाधारणलाई ठगी गर्दै रातारात धनी बनेका व्यक्तीलाई सरकारले कारबाही नगर्दा ठगीधन्दाले फेरी तीव्रता पाएको छ । २०६८/६९ सालताका नेटवर्किङ व्यवसायमार्फत लाखौं सर्वसाधारणबाट करोडौं रकम ठगी गरी फरार सूचीमा रहेका तीनै व्यक्तीले विभिन्न कम्पनी सञ्चालक बनेर पुनः नयाँ कम्पनी दर्ता गरी ठगीधन्दा चलाउदै आएका छन् । कानुनी वैधताका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा निवेदन दिएर दर्ता भएको भन्दै पिरामीट शैलीमा पुरानै नेटवर्किङ व्यवसायीबाट अहिले खुला रुपमा ठगीधन्दा चदाउदा समेत सरकारले कारबाही नगरि उन्मुक्ति दिदै आएको छ ।

सरकारले ठगी गर्ने माथी कारबाही नगरेकै कारण अहिले पनि सर्वसाधारण ठगीने क्रम जारी रहेको छ । विभागले पर्याप्त अध्ययन–अनुसन्धान नै नगरि सर्वसाधारणलाई ठगी गर्ने त्यस्ता गिरोहलाई वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय गर्न अनुमति दिएसंगै सो अबैधन्दालाई व्यवसायीहरुले फैलाउदै गएका छन  । २०७७ असार १६ बाट पुनः इजाजत पाएका उनीहरूले सामाजिक सञ्जाल, जुम मिटिङलगायत माध्यमबाट नेटवर्किङ धन्दा चलाउदै आई पिरामीट शैलीमा लुटधन्दा चलाउनेमा सवैभन्दा अगाडी रहेको नेटवर्किङ कम्पनी हो नेचर हव्र्स इन्टरनेसनल प्रालि ।

यो कम्पनीका मुख्य व्यक्तीले अबैधधन्दा चलाउनकैलागि मिडियामा समेत स्रोत नखुलेको पैसा लगानी गरी खल्तीमा ‘प्रेस’ पासको परिचय पत्र बोकेर हिड्दै आएको छ भने सोही कार्ड देखाउदै अबैधन्दालाई चलाउदै आएको भेटिएको छ । कतिपय कम्पनी विभागबाट इजाजत नलिई यस्तो धन्दामा सक्रिय छन । छानबिन र अनुसन्धानमा सरकारी निकायबाट बेवास्ता भइरहँदा नै विभागको नेतृत्व गत २०७७ फागुन १६ देखि प्रकाश पौडेलले सम्हालेका थिए ।

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ भइरहेकोबारे जानकार पौडेलले ९ वटा कम्पनीमा छापा मारी उनीहरूका गतिविधि र हिसाबकिताबबारे अध्ययन अघि बढाएको बताएपनि उनीहरुमाथी कस्तो कारबाही भयो त भन्ने विषयमा भने विभागले कुनै प्रतिकृया दिन नै चाहेको छैन । ती कम्पनीबाट वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएका कम्पनीहरूले समेत ऐनविपरीत कारोबार गरिरहेको पाइएको छ । अहिले पौडेल असोज १७ मा राजस्व अनुसन्धान विभागमा सरुवा भएसंगै सो अनुसन्धान रोकिन पुगेको छ ।

विभागले गत भदौमा नेचर हब्र्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, ग्लोबल ओरियन्स प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर मार्ट्स इन्टरप्राइजेज प्रालि, युटर्न इन्टरनेसनल प्रालि, अपी लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा छापा मारी कागजात जफत गरेर थप अनुसन्धान गरेको जनाएपनि सो अनुसन्धान अहिले रोकिएको छ ।

कानुनमा उल्लेख भएअनुसार वस्तुको प्रत्यक्ष बिक्रीको उद्देश्य स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आर्थिक गतिविधि बढाउने, आयात प्रतिस्थापन गरी सर्वसुलभ मूल्यमा सर्वसाधारणलाई वस्तु उपलब्ध गराउनु थियो । तर ती कम्पनीबाट जफत कागजात र कारोबारको अध्ययनले उनीहरूका गतिविधि वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ को उद्देश्य विपरीत काम गर्दै आएका छन् । इजाजत पाएका कम्पनीहरूले समेत विद्यमान ऐन विपरित काम गरेको भेटिएको छ । ऐनमा घरेलु तथा साना उद्योगबाट संकलित वस्तुलाई परिमार्जन गर्ने र ठूला उद्योग सञ्चालन गर्ने भनिएको छ तर कारोबार भने भिन्न रहेको छ ।

विदेशी डाइरेक्ट सेलिङ कम्पनीका नाममा दर्ता भएर विदेशकै सामान बिक्री भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत पटकपटक सच्चिने खालको अवस्था नदेखिए कारबाहीस्वरूप व्यवसाय बन्द गरेर कारबाही गर्नु गराउनु भन्दै निर्देशन दिएको भएपनि सम्बन्धित निकायले भने सो कारबाही भने गर्न सकेको छैन । ती कम्पनीमाथिको अनुसन्धान मात्रै ठप्प छैन, पछिल्लो समय केही सांसदहरूले कम्पनी दर्ता गरिदिन दबाब समेत दिन थालेका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कात्तिक दोस्रो साता डाकेको बैठकमा ४ वटा कम्पनीलाई दर्ता गर्ने एजेन्डा नै राखेर दवाव दिदै आएको भेटिएको छ । नेटवर्किङ गरिरहेका कम्पनीलाई नियन्त्रण गर्नमा भने सरकारले ध्यान दिएको छैन । उल्टै प्रलोभनमा परेर नयाँलाई इजाजत दिनकै लागि समेत समितिको चासो बढ्दै गएको छ । इजाजत पाएका कम्पनीले ३/३ महिनामा कर विवरण बुझाउनु पर्ने विभागको प्रारम्भिक अध्ययन छ । तर कुनै कम्पनीले पनि सो कर विवरण बुझाएका छैनन् । केन्द्रदेखि बिक्रेतासम्म मूल्य फरक राखेर बिक्री गरिदै आएको छ । ठगी गर्ने व्यवसायीलाई विभागबाटै प्रोत्साहन समेत हुदै आएको छ ।

नेटवर्किङ व्यवसायीहरुले खुला रुपमा सर्वसाधारणमाथी लुटभन्दा चलाउदै आएपनि सरकारी निकायले भने सो विषयलाई ध्यान नदिएको राष्ट्रि उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजनले बताएका छन् । सो हित अध्यक्ष मर्हजनले भनेका छन्,‘ यि सर्वसाधारणमागथी लृटधन्दा नै चलाउनेमाथी सरकारले कारबारी नगर्दा यो विकराल अबस्था सिजना भएको छ ।’ यतिखेर विभागमा ठगी गर्ने गिरोह सल्बलाएका छन् । नयाँ कम्पनी दर्ताको क्रममा प्रहरी कार्यालयबाट रिपोर्ट माग्ने, अभिलेख राख्ने विषयमा छलफल भएको छ ।

 

यो पनि अध्ययन गर्न छुट्यो की ?

नेटवर्किङको अबैधधन्दाको रकमबाट टेलिभिजनमा लगानीः मिडियाको कार्ड देखाउदै ठगीधन्दा गरिदै

मिडियाको आँडमा राईको नेटवर्किङ धन्दा जारी

महिलालाई प्रयोग गर्दै नेचर हब्र्सको अबैधधन्दा (भिडियो सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV