काष्टमण्डप ट्रेड प्वाइन्टलाई कारबाही गर्न उपभोक्ता मञ्चद्वा उजुरी

- November 20, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं तथा ललितपुरमा धान काटने बेलामा खेतमा फलेको धानमा दाना नलागेको बिषयमा राष्ट्रिय उपभोक्ता मन्च, भक्तपुर जिल्ला कार्य समिति, भक्तपुर मार्फत स्थानीय कृषकहरुको गुनासो आएको र तिनीहरुलाइ उचित क्षतिपूर्तिको साथै सिफारिश नै नभएको जातको धानको बिउ बिक्री बितरण गरी सर्वसाधारण किसानलाइ ठगने काम गरेको भन्दै सम्बन्धित निकायलाई कारबाही गर्न सो मञ्चले माग गरेको छ ।

आवश्यक कारबाही गरि क्षतिपूर्ति भराइ तथा कानून बमोजिम कारवाही गर्न मन्चको माग रहेको अध्यक्ष पे्रमलाल महर्जनले बताए । मञ्चका अध्यक्ष महर्जनका अनुसार तराइका केही क्षेत्रको लागी सिफारिश गरिएको डिवाइ २८ ब्राण्डको सिचुवान सीड कृषि बिज्ञान तथा प्रबिधि कम्पनी लिमिटेड, सिचुवान प्रान्त, चीन बजार व्यवस्थापक रहेको र काठमाडौं महानगरपालिकाको कालिमाटी स्थित काष्टमण्डप ट्रेड प्वाइन्टले आयात गरेको उन्नत जातको हाइब्रीड धानको बिउ भनिएको बिउ काठमाडौं उपत्यकाको भक्तपुरमा एकहजार, काठमाडौंमा १ हजार दुइ सय तथा ललितपुरमा १ सय रोपनीमा लगाइएकोमा कुनै पनि ठाउंमा एक दाना धान नफलेकोले किसानलाइ अति नै मर्का परेको भन्दै क्षतिपूर्ति सहित सो कम्पनीमाथी कारबाही गर्न माग गरेको जनाए ।

भक्तपुरमा ७ लाख ७५ हजार रुपैयाँं, ललितपुरमा ७७ हजार ५ सय रुपैयाँं तथा काठमाडौंमा ९३० हजार रुपैयांँको बिउ बिक्री बितरण गरेको प्रारम्भिक रिपोर्टबाट खुलेको छ । यसरी १७ लाख ८२ हजार ५ सय रुपैयां बराबरको उन्नत जातको हाइब्रीड बिउ भन्दै बिक्री गरी किसानलाइ ठग्ने काष्टमण्डप ट्रेड प्वाइन्टलाइ बिउ बिजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति सम्बन्धी निर्देशिका २०७३, र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार हदैसम्मको कारवाही गरी पाउन भन्दै सम्बन्धित निकाय कृषि तथा पशु पन्छी बिकास मन्त्रालयमा उजुरी समेत पेश गरिएको छ ।

नेपालका पहाडी कृषियोग्य (धानबाली) क्षेत्रको लागी नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषदले हाइब्रीड जातको धानको बिउ बिकास नै गरेकोछैन भने तराइका लागी हर्दिनाथ हाइब्रीड १ र हर्दिना ३ को मात्र बिकास गरी प्रयोगमा ल्याएकोछ । त्यस्तै सरकारले आयात इजाजत दिंदा पनि सिफारिश गरेको र तोकिएको क्षेत्रमा बाहेक अन्यत्र बिउ प्रयोग गर्न गराउन पाइदैन । त्यसैले अनधिकृत र अनुचित व्यापारिक कृयाकलाप गरी सर्वसाधारण किसानलाई दुख दिने श्रम, शीप, समय र आर्थिक नोक्सानी गर्ने उपरोक्त व्यवसायिक प्रतिष्ठानलाइ हदैसम्मको कारवाही गरी पीडित किसानहरुलाइ उचित क्षतिपूर्ति दिलाइ भराइ पाउनको लागी हार्दिक अनुरोध गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV