सरकारी अस्पतालका कर्मचारी कमिशनमा मस्त : सेवाग्राही कालोबजारीको पीडामा

- November 20, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले शक्ति र पैसाकै आँडमा विद्यमान ऐन कानुनलाई पनि लत्याउदै अबैधधन्दा गर्नमै सकृय रहेका छन् । उनले बिभिन्न सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो अबैधधन्दा चलाउदै आएका म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर उप्रेतीले देश र जनता कोरोना महामारीबाट आतंकित भइरहेको समयमा समेत लुटको धन्दालाई तीव्ररुपमा अगाडी बढाई रहेको छ ।

गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेकले बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको स्रोतले ठोकुवा गरेको छ । म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर उप्रेतीले गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरी लाखौ रुपया कुम्ल्याएका थिए ।

गत साल देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर उप्रेती भारतमा बसेर अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल पठाउने र म्याक्स मेडिटेक प्रालिका कर्मचारीमार्फत् कालोबजारी गर्ने कार्यमा व्यस्त थिए । हाल डाइरेक्टर उप्रेती नेपालमा भन्दा बढी समय भारतमा बिताउँछन् । उनी नेपाल बस्दा बिभिन्न सरकारी अस्पताललगायत अन्य स्वास्थ्यसम्बन्धी निकायसँग सेटिङ मिलाउँछन् र ती सामग्री आपूर्ति गर्न भारत पुग्छन र आपूm त्यहीँ बसेर म्याक्स मेडिटेक प्रालिका कर्मचारीमार्फत् कारोबार अगाडि बढाउँछन् ।

यसैगरी, म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा उपलब्ध गराउँदै आएको तथ्य पुष्टि भएको छ । यसैक्रममा, म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कमसलस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्वास्थ्य उपकरण खरिद कार्यमा लाखौ भ्रष्टाचार भएकोले छानबिन गर्न आगह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

उक्त उजुरीमा म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेती र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका लेखा प्रमुख मनोज बिष्टको मिलेमतोमा प्रचलित नियम कानुनको खिल्ली उडाउँदै अस्पताललाई लाखौँ रुपैयाँ हानी हुने गरी स्वास्थ्य उपकरण खरिद कार्य भएकोले उक्त स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएका तमाम कागजात जफत गरी तत्काल छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारबाही गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ ।

स्रोतका अनुसार म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वलेखा प्रमुख हुन् । उनले त्यसकै आधारमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेच्ने गरेको स्रोतको ठोकुवा छ । बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लेखा प्रमुख हुँदा लाखौँ भ्रष्टाचार गरेको र त्यसको छानबिन हुने भएपछि राजिनामा गरेर उम्किएको स्रोतको दावी छ ।

यसैगरी , म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले २०७६ सालमा देशका बिभिन्न स्थानमा निःशुल्क श्रवण परीक्षण शिविर गरी हजारौँ जनतालाई ग्यारेन्टीको प्रत्याभूति दिँदै आफ्नो स्वास्थ्य उपकरण र सामग्री भिडाएको र हाल उक्त कार्य बन्द गरी बदमासी गरेको समेत खुलाशा भएको छ । म्याक्स मेडिटेकले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबारअनुसारको राजस्व नतिरेको समेत स्रोतले दाबी गरेको छ । यस विषयमा जानकारी लिन म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीलाई पटक–पटक सम्पर्क गर्न उनले फोन रिसिभ गरेनन् । उप्रेतीको अबैधधन्दाको थप खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV