राष्ट्र बैंकद्वारा घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

- November 19, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन पहिलोपटक सार्वजनिक गरेको छ । वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४ – २०७७/७८) ले घरजग्गा मूल्य सूचांक तयार पार्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको थियो । २०७५/७६ लाई आधार वर्षको रूपमा लिई सर्वेक्षण गरिएको हो । घरजग्गा मूल्य सूचांक तयारीका लागि प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघंनता र तथ्याङ्क उपलव्धता समेतलाई हेरेर नमूनाका रुपमा २० जिल्लाका २० स्थानलाई आधार मानी तथ्यांक संकलन गरिएको थयो । घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छनोट गरी तथ्यांक संकलन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि मालपोत कार्यालयबाट रेजिष्ट्रेसन पास गर्दा राखिने थैली र कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारमा मूल्य संकलन गरिएको छ । घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्या लिएकोमा २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० वटा गरी कुल १० हजार ३३६ कारोबारलाई नमूनाको रूपमा लिइएको थियो । यसैगरी बाणिज्य बैंकतर्फ २ हजार ४७६ वटा कारोबार नमूनाकारूपमा लिएको राष्ट्र बैंकले जनाएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरी मुद्रास्फीति मापन गर्ने सूचांक निर्माण गरिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले अबो यस्तो सूचांक त्रैमासिकरूपमा नियमित प्रकाशन गर्ने समेत जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांक आधारमा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत र मालपोत कार्यालयबाट प्राप्त तथ्यांक आधारमा १९ दशमलव ७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यसैगरी आर्थिक वर्ष २०७६÷७७ पहिलो ९ महिनामा यस्तो मुद्रास्फीति क्रमश १६ दशमलव ३१ प्रतिशत र १२ दशमलव ५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा शिथिलता आएकाले मुद्रस्फीति घटेको नेपाल राष्ट्र बैंकले निष्कर्ष निकालेको छ ।

राष्ट्र बैंकद्वारा घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनको पूर्ण पाठकालागि यहाँ क्लिक गर्नुहोलाHPI Survey Report


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV