मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तहिन भएपछि बिक्री वितरण गर्न रोक

- November 18, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शक्ति र पैसाको आँडमा उच्च पदस्थ कर्मचारीका साथै दलका नेताको संरक्षणमा रहेका अधिकाश नेपाली भुमीमा सञ्चालन भएका उद्योगबाट उत्पादीत सामाग्रीहरु गुणस्तरहिन रहेको पाईएको छ । शक्तीकै आँडमा लामो समयदेखि सञ्चार माध्याममा भ्रामक विज्ञापन बनाउदै उपभोक्तामाथी लुटधन्दा चलाउदै आएको मारुती, युनाइटेड र जगदम्बा सिमेन्टको बिक्री वितरण रोक्का राखिएको छ । गुणस्तर तथा नापतौल विभागले ती तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ ।

मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देहीको उत्पादनमा कम गुणस्तर भएको भन्दै बिभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तरहिन भएको विभागले जनाएको छ । कम्पनीले ४३/५३ ग्रेड भएको दाबी गरेपनि त्यो नपुगेको भेटिएको जनाएको छ ।

मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै रहेको पाइएको छ । सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो । मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छ ।

कम गुणस्तर भएको भन्दै बिभागले १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचार

ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने विभागले जनाएको छ । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि बिभागले निर्देशन दिएको छ । विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ० दशमलव ७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको हो ।

केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV