सिभिल बैंकको अध्यक्षमा प्रताप जंग चयन

- November 18, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सिभिल बैंकको संचालक समितिको ३६२ औं बैठकले अध्यक्ष पदमा प्रताप जंंग पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् । बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तामाङलाई सहकारी मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेपछि सिभिल बैंकले नयाँ अध्यक्ष छनौट गरेको हो । अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न सबैलाई अनुरोध गरेका छन् ।

बैंकले प्रकाशित गरेको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उनी सो बैंकका सबैभन्दा ठूला सेयरधनी पनि हुन् । तत्कालिन इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी सिभिल बैंकमा मर्ज भएसँग पाण्डे सिभिल बैंकको लगानीकर्ता भएको थिए । मर्जपछिको साधारणसभाबाट उनी सञ्चालक समितिमा चुनिएका हुन् । नेपाल फिलिपिन्स सोसाइटी ९नोफिल०को अध्यक्ष समेत रहेका पाण्डे कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशक पनि हुन् । पाण्डे परिवारले लोमस फर्मास्यूटिकल्सबाट व्यवसाय शुरु गरेका थियो । अहिले उनीहरूले औषधी बाहेक सिमेन्ट उद्योग, पर्यटन, बैंक, जीवन बीमा, निर्जीवन बीमा, सूचना प्रविधि, व्यापार लगायतको क्षेत्रमा लगानी विस्तार गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV