एन्फाद्वारा टिकट दर १ सय रुपैयाँ तोकियो

- November 12, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सहिद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले साधारणतर्फ टिकट दर १ सय रुपैयाँ राखेको छ । एन्फाले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन राख्दै लिगको तयारी र ढांचाबारे जानकारी दिएको हो । महासचिव इन्द्रमान तुलाधरले साताको अन्त्यमा मात्र खेल हुने र फ्लड लाइटमा खेल खेलाउने जानकारी दिए । लिगको पहिलो खेल मंसिर ३ गते हुँदैछ । पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV