मेयर शाक्यको यसकारण हुँदैछ राजनीतिक पृष्ठभूमि समाप्त

- October 22, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रमुख क्राइम व्यूरो

न्यूरोड, काठमाडौं । पैसा भनेपछि महादेवको नि त्रिनेत्र भने झैं यतिवेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि लोभ पलाएको छ, महानगरपालिकाबाट मेयर पदको समयसीमा सकिँदै गर्दा उनले काठमाडौंबासीको माग विपरित निर्णय गर्दै मोटो रकम बार्गेनिङ गर्दै काठमाडौं महानगरबासीको चाहना विपरित काम गर्न तल्लिन रहेको फेला परेको छ ।
काठमाडौं बासीहरु अहिलेपनि बिहेबारी हुँदा असन बजार अनि न्यूरोड क्षेत्र सुनचाँदी र प्राविधिक सामान खरिद गर्न जाने चलन शताब्दि अघिदेखि चलेको छ र अहिलेपनि जारी रहेको छ । तथापि, त्यहि चलनलाई निरन्तरता दिन यतिबेला न्यूरोड क्षेत्र पार्किङ नभएको क्षेत्रको रुपमा चित्रित भएको छ । सो क्षेत्रमा पार्किङ बनाउन उपयुक्त महानगरपालिकाको आफ्नो जमिन पनि यतिबेला व्यवसायीक भवन बनाउने तर्फ महानगरका पदाधिकारी रातदिन तल्लिन हुनुले उनीहरु पनि आम काठमाडौंबासीको पीडा भन्दा पनि पैसाको पछि लागेको प्रष्ट भएको एक स्थानीयबासीको दावी छ । उनी अगाडि भन्छन् – ‘स्थानियको माग र आवश्यक्ता एकातिर छ, घुस खान पल्केकाहरु सांस्कृति भवनको नाममा व्यवसायीक भवन बनाउन तल्लिन छन्, यसरी काठमाडौं बासीको चाहना बिपरित भवन भनाईन्छ भने आगामि दिनमा शाक्यलाई चुनाव जिताउनुको के अर्थ ? पैसाले चुनाव जितिदैन, त्यो शाक्यले बुझे भो, उनी मेयर बनेरै राजनीतिबाट हराउने भए, मलाई दुःख लाग्छ म पनि उनकै पार्टीको मान्छे हो, यस्तालाई भोट हाल्नुको सट्टा नहाल्नु बेस ।’

हो, स्थानिय सरकार भनेको स्थानीय जनताको चाहना र सोच अनुसार चल्नुपर्छ तथापि काठमाडौं यस्तो सहर भएको छ यहाँ पैसाको लोभमा रुमल्लिनेहरुले हैसियत गुमाएका छन् । तिनिहरु कालान्तरमा अगाडि बढ्न सकेका छैनन् । यस्तै आगामि दिनमा शाक्यको लागि राजनीतिबाट विश्राम लिन पर्ने विषय भएको छ न्यूरोडको सांस्कृतिक भवन ।

मेयर शाक्यले आफुलाई अघि बढाउन् स्थानिय जनताहरुको चाहना अनुरुप चल्नु पर्नेमा अवैध रकम कमाउन मात्र तल्लिन हुनुले उनको राजनीतिक हैसियत गमिसकेको चर्चा यतिबेला हरेक चिया पसलमा हुने गरेको छ । महानगरबासीको व्यापारिक केन्द्रबिन्दु न्यूरोड क्षेत्रमा खाली रहेको महानगरपालिकाको जमिनमा व्यवस्थीत पार्किङ आवश्यक हुँदा हुँदै सोही जमिनमा व्यवसायीक कम्लेक्स बनाउने निर्णयसंगै उनको राजनीतिक पृष्ठभूमि समाप्त हुने चर्चित एक राजनीतिक विष्लेशकको भनाई छ ।

पार्किङ ठेक्का लिन शैलेस कुँवरसंग मिलेमतो गरेको र सांकृतिक भवन भनाउन ठेक्का खुलाउने सवालमा पार्किङका ठेकेदार उही कुँवरलाई सांस्कृतिक भवनको ठेक्का दिएबापत पनि मेयर शाक्यले आर्थिक चलखेल गरेको न्यूरोडबासीको आरोप छ ।

न्यूरोडमा पार्किङ क्षेत्र व्यवस्थीत गर्नु कता हो कता नो पार्किङमा पार्किङ गर्न स्वीकृत दिएर मोटो रकम लिनु र सोही पार्किङ ठेकेदारलाई सोही व्यसायीक भवन ठेक्का दिनुमा उनको लोभी पापी पन छर्लङ्ग भएको काठमाडौंबासीहरुबीच चिया चर्या हँुदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV