८० लाख पक्राउ प्रकरण : हुण्डीका नाईकेलाई उन्मुक्ति, भरिया पक्राउ

- October 22, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राईम व्यूरो
काठमाडौं । अबैधरुपमा फस्टाउदै आएको हुण्डी कारोबारलाई सरकारले नियन्त्रण गर्न नसक्दा यो धन्दाले तीव्रता पाएको छ । सुरक्षाकर्मीले एक दुई जना हुण्डी कारोबार गर्नेलाई नियन्त्रणमा लिएपनि उनीहरु भरियामात्र भएको पाईएको छ । प्रहरीले मुख्य हुण्डी कारोबार गर्नेलाई भने ‘नभेटिएको र खोजी कार्य जारी रहेको’ भन्दै तयारी जवाफ दिने गरेसंगै भरिया पक्राउ गरी मुख्य हुण्डी कारोबार गर्नेलाई भने उन्मुक्ति दिदै आएको आरोप समेत प्रहरी प्रसाशनमाथी लागेको छ ।

यसैक्रममा विहिबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.१ लोकन्थलीस्थित मनोहरा फाँटबाट पक्राउ परेका व्यक्ती पनि हुण्डी कारोबारकै क्रममा पैसा पु¥याउने क्रममा पक्राउ परेका थिए । प्रहरीले विपी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट स्रोत नखुलेको ८० लाख रुपैया नगदसहित एक जनालाई पक्राउ गरेको थियो ।

हुण्डीको रकम पु¥याउदै गर्दा पक्राउ परेका पुन ।

नाम नलेख्ने सर्तमा  एक स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार लामो समयदेखि हुण्डीको कारोबार गर्दै आएका सिन्धुपाल्चोक घर भई काठमाडौं बस्दै आएका दीपेश सापकोटा नाम गरेका व्यक्तिबाट गर्दै आएको रह¥य समेत खुलेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका १० पाण्डवखानी स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्ने बर्ष ३६ को चित्रबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । तर पुन हुण्डीको रकम सम्बन्धित व्यक्ती र स्थानसम्म पु¥याउने भरियाको रुपमा काम गर्ने गरेको गोप्य स्रोतबाट खुलेको छ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV