मोबाईल र ल्यापटप खरिदमा ‘हुण्डी’ को कारोबार

- October 22, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जेनेरेसन नेक्स्ट र जेनएक्सटी कम्पनी आधिकारीक बिक्रेता नभएको खुलसा…

आर के श्रमजीबी
काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण सवैको अर्थतन्त्रमा नकारात्मक अबस्थामा पुग्यो । सवै देशहरुले अत्याबश्यक बस्तु बाहेकको कुनै पनि उद्योगधन्दा सञ्चालन नभएको अबस्थामा समेत नेपालमा सरकारी निकायकै कर्मचारीको सेटिङमै विलासिता बस्तुको आयातमा उच्च विन्दुमा पुग्यो । नेपाल सरकारले अत्याबश्यक बस्तुको मात्र आयात गर्न पाउने गरि लगाएको लकडाउन र निषेधाज्ञाकै विचमा करोडौं मुल्यका मोबाइल सेटहरु नेपाल भित्रिए । जुन तथ्याङक हेर्ने हो भने झण्डै स्वास्थ्य सामाग्रीभन्दा बढी हुन पुग्यो । कारण सरकारी निकायकै कर्मचारीको मिलिमतोमा विना भन्सार मंहगा सेटहरु नेपाल भित्राउदै नक्कली आधिकारीक वितरकबाट खुलेआम बिक्री समेत हुदै आएको छ ।

नेपालमा सोनी, एप्पल र सामसुङ कम्पनीको आधिकारी बिक्रेताको रुपमा कसैलाई पनि सम्बन्धित कम्पनीहरुले तोकेको छैन । तर नेपालमा विदेशमा भएका सवै कम्पनीको आधिकारी बिक्रेता हुँ भन्दै भ्रम सृजना गरेर अबैधरुपमा नेपाल भित्राईएका मोबाईल सेटहरु बिक्री गरिदै आएको छ । यसरी नक्कली आधिकारीक विक्रेता हुँभन्दै विदेशमा समेत बिक्रीकालागि बजार नपुगेको एप्पल ब्राण्डका आईफोन, घडीलगायतका ग्याजेटहरु नेपालमा खुला रुपमा बिक्री हुदै आएको छ । नेपाली व्यापारीहरुले हुण्डीमार्फत पठाएको रकमबाटै मोबाईल सेट र ल्यापटप खरिद गरि नेपाल भित्राउने गरेको समेत रह¥य खुलेको छ ।

नेपालमा रहेका अधिकाशं मोबाईल तथा ल्यापटप व्यापारीहरुले पछिल्लो समयमा आएर हुण्डीको रकमलाई सामान खरिद गरेर ल्याउने र नेपाल आएपछि सो रकम सम्बन्धित व्यक्तीलाई फिर्ता गर्ने गरेको समेत एक व्यवसायीले गोप्य रुपमा तीव्रखबरसंगको भेटमा बताएका छन् । यसरी हुण्डीको रकमबाट सामान खरिद गर्नेमा पहिलो नम्बरमा रहेकोे जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटी नामक कम्पनी । जुन कम्पनीले आफुलाई नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक भएको भन्दै भ्रम फैलाई मंहगोमा सेट बिक्री गर्दै आएको छ । सो कम्पनीले विगत लामो समयदेखि चोरी पैठारी भई नेपाल भित्रिएका मोबाईल सेटहरु बिक्री गर्दै आएको छ ।

सो सेटहरु खरिदकर्तासंग मुल्यअभिबृद्धि कर (भ्याट) समेत असुली गर्ने र भ्याट विल भने नदिने गरेको पाईएको छ । आफुलाई उच्च घरानीया कक्पनीकै सञ्चालक हुँ भन्दै सरकारी अनुदान लिदै कर छली गर्दै आएका व्यक्तीहरुकै संलग्नतामा अबैध रुपमा मोबाइल सेट भित्राएको भेटिएको छ । कोरोना महामारीको असहज अवस्थामा मोबाइल बिक्रेता व्यवसायी मालामाल हुन पुगेका छन् भने करोडौ रुपैयाँ राजश्व छली भएको छ ।

जेनेरेसन नेक्स्ट र जेनएक्सटी नामक कम्पनी आधिकारीक बिक्रेता नभएको खुलसा

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको कोरोना कहरबीचमै सो अबैधधन्दा नै चलेको थियो । आफुलाई नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक भएको भन्दै जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको समेत अबैध रुपमा घोषणा गरेको छ ।

आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेसंगै नेपालमा सो कम्पनीले समेत बुकिङ खुला गरेको भन्दै भ्रम छरेको छ । नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुनेभन्दै छुटमा समेत बुकिङ गर्न सक्ने भन्दै उपभोक्तामाथी भ्रम छर्दै अग्रीम रकम संकलन गर्दै समेत आएको छ ।

पहिलो चरणमा सीमित स्टक रहेको भन्दै प्रि–बुकिंगको माध्यमबाट उपलब्ध गराउने भन्दै भ्रम सृजना गरेको छ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्ने भन्दै उनीहरुले ३० हजार भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्ने भन्दै भ्रम सृजना गरेको छ । ग्राहकहरुलाई भ्रम छर्दै छुटको कुपनहरु समेत रहेको भनी प्रचार गर्दै आएको छ । जसमा सो अबैध कम्पनीले १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट रहेको भन्दै भ्रम सृजना गरेको छ । यस बाहेक एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि पाउने भन्दै ग्राहकलाई लुट्दै आएको छ ।

             र यो पनि अध्ययन गर्न छुट्यो की ?

भन्सार छली गरेका मोबाईल सेट बजारमा 

मोबाईल कारोबारमा राज्यको नितीलाई धोती, के व्यवसायीलाई मात्र जिवनको ज्योती ?

नेपालमा बिक्री हुने अधिकाशं मोबाईल चोरीपैठारीबाट भित्रिछन् (सूची सहित)

अबैधरुपमा नेपाल भित्राइएको मोबाईल सेट व्यवसायीले लुकाए

मोबाईल तस्करका नाइके पक्राउ : ताम्राकार कम्पलेक्सबाट हुन्छ यस्ता माेबाइलकाे काराेवार

निषेधाज्ञाको समयमा भन्सार कर्मचारी र व्यापारीको सेटिङमा मोबाइल सेट आयात


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV